Ganthan News Pokhara
All news from Pokhara & around

पहिरोले घर बगाएकालाई अनेरास्वविले घर हस्तान्तरण

0

पोखरा, २४ साउन /अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन कास्की जिल्ला कमिटिले बिहीबार बाढी पिडितलाई घर हस्तान्तरण गरेको छ । २०७४ साउन २४ गते आएको बाढीका कारण घरबारविहिन बनेका माछापुच्छे« गाउँपालिका वडा नम्बर ५ रिभानका कमला परियार तथा डम्बर बहादुर परियारलाई तीन कोठे घर हस्तान्तरण गरिएको हो ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा कास्कीका नेता विष्णु केसीले घर हस्तान्तरण गरे । कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष जुम बहादुर गुरुङ, वडा नम्बर ९ का वडाध्यक्ष दुर्गा बहादुर क्षेत्री, अनेरास्ववियु राष्ट्रिय परिषद सदस्य प्रतिक्षा पौडेल, पूर्व अञ्चल कमिटि सदस्य श्यामकृष्ण ढुङ्गाना लगायतले अनेरास्ववियुले गरेको कार्यको प्रशसा गरे ।

अनेरास्ववियु भुगोल जिल्ला कमिटि कास्की अध्यक्ष शेखर गौतमको अध्यक्षतामा भएको कार्यक्रममा पृथ्विनारायण क्याम्पस कमिटि अध्यक्ष राजन शर्मा पराजुली, अनेरास्ववियु कास्की उपाध्यक्ष लक्ष्मण तिमिल्सिना, सह–सचिव सञ्जय पौडेलले लगाएतले घर बनाउदा भोग्नु परेका अप्ठेराहरुको चर्चा गरेका थिए ।

हस्तान्तरण गरिएको घर निर्माण गर्न ९ लाख ४७ हजार ६ सय रुपैयाँ खर्च भएको अनेरास्ववियु भुगोल जिल्ला कमिटि कास्की अध्यक्ष शेखर गौतमले जानकारी दिए । जसमा ५ लाख गाउँपालिका र घरधनीको लगानी रहेको थियो भने ४ लाख ४७ हजार ६ सय अनेरास्ववियु जिल्ला कमिटि कास्कीले सहयोग गरेको उनले बताए ।

कार्यक्रममा सहयोग गर्ने वडाध्यक्ष जुमबहादुर गुरुङ राम्जी लामीछानेलाई सम्मान गरेका थिए । कार्यक्रमकै अवसरमा निष्पक्ष मावि रिभानमा अध्ययनरत ३० जना विद्यार्थीलाई शैक्षिक सामाग्री तथा विद्यालयलाई खेलकुद सामाग्री समेत वितरण गरिएको जिल्ला सचिवालय सदस्य माधब गौतमले जानकारी दिए ।

Advertisements
अरु सम्बन्धित खबरहरु
कमेन्टहरु
Loading...