अन्तरघातीलाई टिकट नदिन नेता कोईरालाको अनुरोध

पोखरा, २२ असोज /स्थानिय चुनावमा अन्तरघात गरेकै केहि व्यक्तिलाई काँग्रेस कास्कीले प्रदेश चुनावमा सभासदका लागि सिफारिश गरेको भन्दै नेविसंघ नेता सुवास कोईरालाले विरोध जनाएका छन् । काँग्रेसले अन्तरघातीहरुलाई कदापी टिकट उपलब्ध गराउन नहुने भन्दै उनले केन्द्रीयस्तरका नेताहरुसमक्ष यो कुरा जानकारी गराएका हुन् ।

नेपाली काँग्रेस कास्कीले यस क्षेत्रबाट प्रदेश सभासदका लागि प्रत्यक्ष र समानुपातिकतर्फ ९ उम्मेदवार छान्नका लागि १ सय ५७ जनाको नाम केन्द्रमा पठाएको छ । ‘यति धेरै आकाँक्षीबाट छनौट भएर केहि जनाको नाम आउँदा चुनावमा अन्तरघात हुने सम्भावना झनै बढेर गएको छ ।’ कोईरालाले भने–‘जुन स्थानिय चुनावमा देखिएको थियो ।’

अझै यो पटक स्थानिय चुनावमा अन्तरघात गर्न खप्पिस केहि व्यक्तिहरुको नाम समेत जिल्लाले सिफारिस गरेर केन्द्रमा पठाएको प्रति उनले औँला ठडाए । ‘पार्टीलाई नै अन्तरघात गर्नेलाई कसरी यसो गर्न मिल्छ ?’ उनले प्रतिप्रश्न गरे ।

काँग्रेसलाई सुद्धिकरण गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले पार्टीभित्रका युवा समूहलाई यसका लागि तयार हुन आग्रह गरे । ‘अभियान नै बनाएर पार्टी सुद्धिकरणमा युवा शक्ति लाग्नुपर्ने बेला आएको छ ।’ उनले भने–‘नत्र काँग्रेस अन्तरघातीहरुको पार्टी भनेर चिनिनेछ ।’ वीपिको चिन्तनसहितको काँग्रेसको पुरानो साख जोगाउन सबै लाग्नुपर्ने उनले बताए ।

कमेन्टहरु
Loading...