अन्नपूर्ण गाउँपालिका काँग्रेसको जागरण अभियान

पोखरा, २ असोज / नेपाली काँग्रेस कास्की निर्वाचन क्षेत्र नं. ३‘ख’ को आयोजनामा अन्नपूर्ण गाउँपालिका अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली काँग्रेसको दोस्रो चरणको जागरण अभियान अन्तर्गत अन्नपूर्ण गाउँपालिका वडा नंं . ५, ६, ७, ८, ९, १०, ११ वडामा अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता, भातृसंस्था र शुभेच्छुक संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुलाई काँग्रेसलाई अवको निर्वाचनमा विजयी गराउँनका लागि गुट उपगुटको राजनिति त्याग्न आग्रह गरेका थिए ।

‘काँग्रेसलाई कसैले पनि हराउँन सक्दैन हाम्रै कारणले काँग्रेस हारेको छ’ कार्यक्रममा सहभागिहरुले भने–‘केन्द्रमा देखिएको गुट उपगुट वडा तहसम्म आएको छ । गुट उपगुट त्यागेर काँग्रेस भएर संगठन विस्तारमा लागौं काँग्रेस अवको निर्वाचनमा पहिलो पार्टी हुनेछ । पछिल्लो समयमा काँग्रेसले शशक्त प्रतिपक्षको भूमिका खेल्न नसकेको भन्दै उनीहरुले गुनासो गरेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता शुक्रराज शर्माले काँग्रेसलाई जिताउनका लागि सवै एक ढिक्का हुनु पर्ने बताए । कार्यक्रममा केन्द्रीय प्रतिनिधि तुलसी गिरी, नेपाली काँग्रेसका नेता खेमराज पौडेल, क्षेत्र नं. ३ का क्षेत्रीय सभापति पोषनाथ शर्मा, नेपाली काँग्रेसकी कोषाध्यक्ष लक्ष्मी पाण्डे, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि देवेन्द्रकुमार शेरचन, क्षेत्र नं. ३ प्रदेश ख का प्रत्यासीका उम्मेदवार भोजबहादुर गुरुङ सिकन्दर, नेपाल किसन संघ कास्कीका सभापति भेषराज पराजुली, क्षेत्र नं. ३ का क्षेत्रीय सचिव खिमलाल बास्तोला, अन्नपूर्ण गाउँपालिका उपाध्यक्षकी प्रत्यासी खिमकुमारी गुरुङले बोलेका थिए ।

नेपाली काँग्रेस कास्की निर्वाचन क्षेत्र नं. ३‘ख’ का सभापति प्रकाश बरालको अध्यक्षतामा भएको कार्यक्रममा अन्नपूर्ण गाउँपालिका वडा नं. ८ का सभापति खगेन्द्र गौचनले स्वागत क्षेत्र नंं ३ का क्षेत्रीय सदस्य लक्ष्मी पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

हिमाल पहाड तराई–मधेश नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गत दोस्रो चरणको कार्यक्रममा माछापुच्छ«े गाउँपालिकामा जागरण अभियानको कार्यक्रम सञ्चालन गरिएको हो । भदौ २४ देखि शुरु भएको दोस्रो चरणको जागरण अभियान असोज ७ गते सम्म १५ दिन चल्ने छ ।

कमेन्टहरु
Loading...