एकीकृत माओवादी कास्कीमा चुनावी गतिविधी तिव्र

पोखरा, ५ कात्तिक/निर्वाचन क्षेत्र नं १ का एमाओवादीका उम्मेदवार विष्णु पौडेल चुनावी प्रचार प्रसारका क्रममा रुपाकोट गाविसमा पुगेका छन् । उनले रुपाकोटमा घरदैलो गर्नुका साथै तीन ठाउँमा आयोजित कोणसभालाई सम्बोधन गरेका छन् ।

कोणसभामा पौडेलले पहिचान सहितको संघीय संविधान निर्माणमा पार्टी प्रतिवद्ध भएको बताए । उहाँले रुपाकोटमा खानेपानी र पर्यटन व्यवसायको लागि आवश्यक पहल गर्ने प्रतिवद्धता समेत गरे । त्यस्तै, लेखनाथ नगरपालिकाको विभिन्न वडाहरुमा एकीकृत माओवादीले घरदैलो गरिरहेको क्षेत्र न.१ का प्रचार संयोजक कृष्णराज दाहालले जानकारी दिए ।

त्यसै गरि क्षेत्र न.२ अन्तर्गत भलाम गाविसमा निर्वाचन सम्पर्क कार्यालय उद्घाटन भएको छ । उद्घाटन कार्यक्रमलाई एमाओवादीका उम्मेदवार बखानसिंह तमु, वाईसीएलका तमुवान संयोजक दीपक कोइराला, मगर राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय महासचिव बालकृष्ण काउछा, बुुद्धिजीवी रामप्रसाद पौडेल लगायतले सम्बोधन गरेका थिए ।

त्यसै गरि क्षेत्र न.३ अन्तर्गत पोखराको रत्नचोकमा एकीकृत माओवादीको वडा निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन भएको छ । क्षेत्र न.३ का एमाओवादीका उम्मेदवार रामजीप्रसाद बराल (जीवन) ले कार्यालयको उद्घाटन गरेका थिए । त्यसै गरि क्षेत्र न.३ कै कृस्तीको मट्टिखानमा कोणसभा सम्पन्न भएको छ ।

त्यसै गरि एकीकृत माओवादी कास्की निर्वाचन क्षेत्र न.४ को आयोजनामा आज मोटरसाईकल ¥याली सम्पन्न भएको छ । हेमजाको याम्दीबाट सुरु मोटर साइकल ¥याली मिलनचोक, ढिकुरपोखरी, लुम्ले, काँडे, कास्कीकोट, सराङ्कोट, विन्ध्यवासीनी, सिम्पानी हुँदै याम्दीमा पुगेर समापन भएको थियो । क्षेत्र न.४ कै हेमजामा वृहत युवा भेला समेत सम्पन्न भैसकेको छ ।

कमेन्टहरु
Loading...