एमाओवादीको नयाँ नेपाल यस्तो छ

काठमाडौ, २ कात्तिक/एकीकृत नेकपा माओवादीले ११ प्रदेशको अवधारणासहितको चुनावी घोषणा पत्र सार्वजनिक गर्दैछ । डा। बाबुराम भट्टराई नेतृत्वको समितिले तयार पारेको घोषणा पत्र माओवादीले शनिबार सार्वजनिक गर्दैछ । पहिचानसहितको संघीयताको पक्षमा रहेको माओवादीको घोषणा पत्रमा मधेसमा तीनसहित ११ स्वायत्त प्रदेशको प्रस्ताव गरिएको आजको कान्तिपुरमा खबर छ ।

mao-federal-mapजसमध्ये ८ प्रदेशको नामाकरण जातीय आधारमा गरिएको छ भने ३ प्रदेशको नाम भूगोलको आधारमा राखिएको छ । माओवादीले प्रस्ताव गरेको प्रदेशहरुमा लिम्वुवान, किराँत, ताम्सालिङ, नेवाः तमुवान, मगरात, भेरी–कर्णाली, सेती–महाकाली, थारुवान, मधेस र कोचिला रहेका छन् । प्रदेशहरुको प्रष्ट नक्सा नै प्रस्तुत गरेको उसले अन्तिम सीमांकन भने राज्य पुनःसंरचना आयोगको सिफारिसमा गर्ने बताएको छ ।

माओवादीले २४ बटा स्वायत्त क्षेत्र र आवश्यकता अनुसार संरक्षित क्षेत्र बनाउने प्रस्ताव गरेको छ । प्रस्तावित स्वायत्त क्षेत्रहरुको नामाकरण पनि जातीय आधारमा नै गरिएको छ । प्रस्तावित स्वायत्त क्षेत्रहरुमा शेर्पा, कुमाल, राजवंशी, सुनुवार, माझी, नदुवार, चेपाङ, सन्थालरसतार, धागडरउराउरझँगड, थामी, धिमाल, भोटे÷लामा, थाक्खा, दराई, थकाली, पहारी, छन्तेल, बराम, जिरेल, दुरा, मेचे, लेप्चा, व्यासी, ह्याल्मो रहेका छन् ।

एमाओवादीले यसरी बनाइने प्रदेश र स्वायत्त क्षेत्रहरुको प्रमुखमा वाहुल्य रहेको उत्पीडित जातिरसमुदायलाई १० वर्षसम्म अग्रधिकार दिने बताएको छ । ‘प्रदेश र स्वायत्त क्षेत्रहरुमा संवन्धित प्रदेशरक्षेत्रमा वाहुल्य रहेको उत्पीडित जातिरसमुदायको सदस्यलाई प्रमुख नेतृत्वको अग्रधिकार हुनेछ । तर यो व्यवस्था दुई कार्यकाल अथवा १० वर्षपछि स्वतः निष्क्रिय हुनेछ’–घोषणा पत्रमा उल्लेख छ ।

कमेन्टहरु
Loading...