एमाओवादी र काँग्रेसका उम्मेदवारलाई समर्थन गर्दै, कास्कीका तिन उम्मेदवार फिर्ता

पोखरा,२२ असोज /एमोवादीका उम्मेदवारलाई समर्थन गर्ने प्रतिबद्धता जनाउँदै कास्कीका दुइ उम्मेदवारहरुले सोमबार आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । त्यसैगरी कास्कीको क्षेत्र नम्बर एकका उम्मेदवार केपीले ढुङ्गानाले समेत काँग्रेसका उम्मेदवार यज्ञबहादुर थापालाई फिर्ता लिने प्रतिबद्धता जनाउँदै उम्मेदवारी फिर्ता लिएका छन्

क्षेत्र नम्बर तिनका उम्मेदवार महेश्वर अधिकारीले एकिकृत नेकपा माओवादीका उम्मेदवार रामजी बराल जिबनलाई समर्थन गर्दै, सोमबार उम्मेदवारी फिर्ता लिए । अधिकारी कास्कीको निर्मलपोखरी, भरतपोखरी र कृस्तिमा राम्रो प्रभाब भएका स्थानिय शिक्षक हुन् । त्यसैगरी क्षेत्र नम्बर चारका उम्मेदवार राजेन्द्र गुरुङ पनि सोही क्षेत्रका उम्मेदवार गुप्तबहादुर हमाल शन्देशलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन् । कास्कीको पहिलो जनसरकार प्रमुख रहेका गुरुङ कास्की क्षेत्र नम्बर चारमा सामाजिक ब्यक्तित्वका रुपमा परिचित छन् ।

क्षेत्र नम्बर चारका उम्मेदवार गुरुङले सयौ युवा तथा स्थानियहरुको ¥याली सहित निर्बाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता लिएका थिए । उम्मेदवारी फिर्ता लिएपछि, एमाओवादी कास्कीको कार्यालयमा पत्रकारहरुसँग कुराकानी गर्दै गुरुङले कास्की क्षेत्र नम्बर चारमा फेरी माओवादी बिजयी हुने वताए । कास्की क्षेत्र नम्बर तिनका उम्मेदवार अधिकारीले आफुले निर्बाचनको प्रायोजनका लागि गठन भएका सम्पुर्ण समिति एमाओवादीमै समाहित भएको घोषणा गरेका छन् ।

निर्वाचनको सिलसिलामा गठन गरिएका प्रचार प्रसार मुल समिती, आर्थिक सहयोग समिती, सल्लाहाकार तथा व्यवस्थापन समिती भङ्ग भएको र सबै समितीमा भएका सम्पुर्ण महानुभावले माओवादीलाई सहयोग गर्ने बिज्ञप्तीमा उल्लेख गरिएको छ । क्षेत्र नम्बर एकका उम्मेदवार ढुङ्गानाले आफु प्रजातन्त्र प्रति आस्था राख्ने ब्यक्ति भएकाले, लामो समय देखी प्रजातन्त्रकै लागि लडेका ब्यक्तित्व यज्ञबहादुर थापालाई समर्थन गरेको वताए । उनले अब कास्की क्षेत्र नम्बर एकमा नेपाली काँग्रेसको जित सुनिश्चित भएको वताए ।

कमेन्टहरु
Loading...