गण्डकी प्रदेश स्तरीय पर्यटन फोटो प्रतियोगितामा बुढा र महर्जन प्रथम (कस्ता कस्ता फोटो सहित)

पोखरा, ९ साउन /गण्डकी प्रदेश स्तरीय पर्यटकीय फोटो प्रतियोगितामा मेरिट महर्जन र प्रकाश बुढाले छुट्टाछुटै विधामा प्रथम भएका छन् । पर्यटकीय गतिविधि तर्फ मेरिट महर्जनले खिचेको कास्कीको माछापुच्छ्र्रे हिमालको तस्विर प्रथम भएको छ भने पर्यटकीय गन्तव्य तर्फको विधामा प्रकाश बुढाले खिचेको मनाङको ब्राका गाउँको तस्विरले प्रथम पुरस्कार पाएको छ । उनीहरुले नगद ३० ३० हजार जित्न सफल भएका छन् ।

गण्डकी प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा प्रदेशको पर्यटकीय स्थल र पर्यटकीय उत्पादन सहितको प्रोफाइल तयार गर्ने उद्देश्यले भएको प्रतियोगितामा पर्यटकीय गतिविधि तर्फको विधा तर्फ देव डंगोलले खिचेको कास्कीको धम्पुसको तस्विर दोस्रो, आदित्य चन्दको मुस्ताङको घोडचढीको तस्विर तेस्रो भयो । यस विधामा देव डंगलको हिमचुली हिमाल मुनी स्की गरेको तस्विर चौथो र गोलमान गुरुङको पर्वतमा क्यानोनिङ गरेको तस्विर पाँचौ भएको छ ।

यसै गरि पर्यटकीय गन्तव्य विधा तर्फ क्रमश उमिद शाक्यको मुस्ताङको झारकोटको तस्विर द्धितिय, महेन्द्र गुरुङले खिचेको कोरीगाउँको तस्विर तृतिय र सिरिस विसि काठमाण्डौले खि को मनाङको फु गाउँको तस्विर चौथो भएको छ । पोखराका रोहित गिरीले खिचेको शान्तिस्तुपाको तस्विरले पाँचौ स्थान हासिल गरेको छ ।

नेपाल पर्यटन वोर्डको सहयोग र फोटो पत्रकार क्लव नेपालको प्राविधिक सहयोगमा भएको प्रदेश स्तरीय फोटो प्रदर्शनीमा विजेता प्रथम, द्धितिय र तृतीयले क्रमश ३० हजार, २० हजार, १५ हजार र प्रमाण पत्र पाउँने छन । चौथो हुनेले सान्त्वना स्वरुप दश हजार र प्रमाण पत्र पाउँने छन् ।

फोटो प्रतियोगितामा पर्यटकीय गतिविधि विधामा १ सय १९ र पर्यटकीय गन्तव्य विधामा ३ सय ३९ फोटो प्रतियोगितामा परेका थिए । ति मध्येवाट टप पाँच जना छनोट भएको फोटो पत्रकार क्लवका अध्यक्ष विकास कार्कीले बताए । पाँच जनाको मुल्याङकन समितिले पुरस्कारकालागि फोटो सिफारिस गरेको उनले बताए ।

The first touch of Sun’s light to the Mount “Machhapuchre” in the golden hour with the man in Silhouette.
Milkyway chasers
Horse rider at Yartung festival Upper mustnag
Ski in the Himalaya
Brakha Monastery in Manang as seen on the way to Ice lake.
the play of lights and shadowa on the village of jharkot as seen from ranipauwa on the way to muktinath.
Kori is one of the beautiful place of Province 4. It’s situated in Madi Rural Municipality Kaski. Where people can go from Sikles. From here we can see nice Annapurna Himalayan range, beautiful villages, hills and Pokhara valley and many more. If we promote it, it will be one of the great destination place of tourist.
The village of Phu, Manang District.
कमेन्टहरु
Loading...