युवा उद्यमी मञ्चमा प्रजु

नेपाली युवा उद्यमी मञ्च पोखराको पाँचौ साधारणसभा एवं तेस्रो अधिवेशनले आगामी कार्यकालको लागी देवेन्सन प्रजुको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरेको छ । कार्यसमितिको निर्वतमान अध्यक्ष निरञ्जन श्रेष्ठ, प्रथम उपाध्यक्षमा अमितराज मुल्मी, द्वित्तिय उपाध्यक्षमा प्रकाशदेव पालिखे, महासचिवमा प्रदिप बज्राचार्य, कोषाध्यक्षमा विपिनराज वताश र सचिवमा ज्ञानेश्वरराज श्रेष्ठ रहेका छन् ।

नवगठित कार्यसमितिको सदस्यहरुमा अशोककुमार रञ्जित, सन्तोष घिमिरे, पारसराज गौतम, सुमन विजुक्छे र विनल कर्माचार्य रहेका छन् । साधारण सभामा मञ्चका कोषाध्यक्ष सरोज श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अधिवेशन अगाडी भएको साधारण सभामा महासचिव रहेका प्रकाशदेव पालिखेले मञ्चको प्रगती विवरणको बारेमा जानकारी दिएका थिए । साधारणसभा मञ्चका अध्यक्ष निरञ्जन श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा मञ्चका केन्द्रिय अध्यक्ष अजय प्रधानाङ्गले संक्रमणकालिन अवस्थामा पनि युवाहरुले अवसरको खोजी गर्दै उद्यमशिलताको विकास गर्दै जानुपर्नेमा जोड दिएका थिए । अध्यक्ष चयन भएपछि नवनिर्वाचित कार्यसमितिको तर्फबाट आफ्नो भनाई राख्दै प्रजुले युवा उद्यमशिलताको क्षेत्रमा आगामी दिनमा क्रियाशित भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै मञ्चका पुर्व अध्यक्ष सुनिलकुमार गोशलीले युवा उद्यमशिलताको विकासमा नवनिर्वाचित कार्यसमितिले भुमिका खेल्नुपर्नेमा जोड दिए ।

कमेन्टहरु
Loading...