महिलाको जीउधनको सुरक्षा गर !

पोखरा, १३ पौष/बारा जिल्लामा एक किशोरीलाई जिउँदै जलाएर हत्या गरेको घटनाप्रति विभिन्न संघ संस्थाले गम्भीर ध्यानाकर्षण भएको जनाएको । केही दिन अघि बर्दियामा पनि एक जना किशोरीको जलाएर हत्या गरेको केही दिनपछि नै पुनः जीउँदै जलाएर हत्या गरेको घटनाले सरकारले महिलाको जीउधनको सुरक्षा गर्न नसकेको र घटनामा संलग्नलाई कानुनी कारबाहीमा उदासिनता देखाएको उनिहरूको आरोप छ । इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखरा र महिला मानवअधिकार रक्षकको सञ्जालले विज्ञप्ती जारी गरि सरकार महिलाको जीउधनको सुरक्षाका लागी उदासिनत देखाएको आरोप लगाएका हुन् ।

यसैगरी, छोरी र बुहारीमाथि केही दिन यता दाइजो लगायतका नाममा मोरङ, रौतहट, तनहुँ, काठमाडौँमा पनि परिवारजनबाटै महिलाको हत्या भएका घटना सार्वजनिक भएको बताउदै जनताको जीउधनको सुरक्षा गर्नु सरकारको सगँ आग्रह गरेका छन् । एकपछि अर्को हत्याका विभत्स घटना हुँदा पनि सरकारले उचित सुरक्षा र कानुनी कारबाही नगरेको प्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौँ, विज्ञप्तीमा भनिएको छ ।

अन्तराष्ट्रिय मानवअधिकार दिवस र १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान मनाइएकै सेरोफेरोमा भएका दुखद घटनाले हामीलाई चिन्तित तुल्याएको जनाएको छ । यसखाले घटनामा प्रहरी प्रशासनले आवश्यक कारबाही नगर्ने र घटनामा संलग्नहरुले उन्मुक्ति पाउँदै आएकोले महिला हिंसाजस्तो जघन्य अपराध बढ्दै गएको उनिहरूको ठम्याई रहेको छ ।

कुनै पनि नाममा महिला माथि हुने हिंसामा संलग्नलाई आवश्यक कानुनी कारबाही गर्न सरकारसँग जोडदार माग गरेका छन् । इन्सेक पश्चिमाञ्चका क्षेत्रीय प्रलेख अधिकृत गणेश भण्डारी र महिला मानवअधिकार रक्षकको सञ्जाल अध्यक्ष नन्दकला नेपाली द्धारा जारी विज्ञेप्तीमा उल्लेख छ ।

कमेन्टहरु
Loading...