पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङ, असिना सहित वर्षाको सम्भावना

पोखरा, ८ वैशाख/ अहिले नेपालमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पूर्वी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।

अपरान्ह पश्चात् पूर्वी तथा मध्य क्षेत्र लगायत अन्य पहाडी भू–भागका केही स्थानहरुमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।

पहाडी भू–भागका केहि स्थानहरुका साथै पूर्वी तराईका एक, दुई स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मौसम विश्लेषण (Meteorological Analysis):-

हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको छ।

हालको मौसमको अवस्था (Present Weather Status):

हाल देशको पूर्वी भू-भागमा आंशिक देखि सामान्य  बदली रही बाँकि भेगको मौसम सामान्तया सफा रहेको छ |

आगामी तीन दिनको मौसम पूर्वानुमान

बैशाख ८ गते (सोमबार)

दिउँसोः  देशभर आंशिक देखि सामान्य  बदली  रहने छ। अपरान्ह पश्चात् पूर्वी तथा मध्य क्षेत्र लगायत अन्य पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः  देशभर आंशिक देखि सामान्य  बदली  रहने छ। पहाडी भूभागका केहि स्थानहरुमा साथै पूर्वी तराईका एक-दुई स्थानमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

बैशाख ९ गते (मंगलबार)

दिउँसोः  देशभर आंशिक देखि सामान्य  बदली  रहने छ। अपरान्ह पश्चात् पहाडी भू-भागका केही स्थानहरुमा साथै पश्चिमी तराईका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः  देशभर आंशिक देखि सामान्य  बदली  रहने छ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

 बैशाख 10 गते (बुधबार)

दिउँसोः  देशभर आंशिक देखि सामान्य  बदली  रहने छ। अपरान्ह पश्चात् पहाडी भू-भागका केही स्थानहरुमा साथै पश्चिमी तराईका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः  देशभर आंशिक देखि सामान्य  बदली  रहने छ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs):

देशका  केही  स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग/हावाहुरी/असिना  सहित वर्षा  हुन सक्ने  देखिएकोले सतर्कता अपनाउन हुन अनुरोध छ |

कमेन्टहरु
Loading...