आज देशैभरि हावाहुरी सहित वर्षाको सम्भावना, सर्तक रहन आवश्यकता

फाइल तस्बिर
पोखरा, १४ वैशाख/ आज (आइतबार) देशभर हावाहुरी, मेघ गर्जन र चट्याङ सहित वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम विद्ले सुझाव दिएका छन् ।

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको तीन दिनको मौषम पुर्वअनुमानमा आज तराई पहाड सबैतिर हावाहुरीसहित वर्षा हुने रहेको जनाएको छ ।

अहिले बिहानैदेखि नै रहे पनि विशेष गरी दिउँसोपछि देशव्यापी रूपमा बढ्ने जनाएको छ । हल्कादेखि मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको मौसमविद्ले अनुमानमा छ ।

मौसमविद्का अनुसार अहिले देशमा पश्चिमी वायुरस्थानीय वायु र पूर्वी भूभागनजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव पर्नाका साथै बंगालको खाडीरअरब सागरबाटसमेत जलवाष्पयुक्त हावा आइरहेको छ ।

यसैकारण यहाँ मौसम बदली, हावाहुरी, मेघगर्जन, चट्याङ र वर्षाको विशेष सम्भावना बढेको हो ।
मौसम पूर्वानुमान महाशाखाले सामान्यतया तीन दिनको मौसम अनुमान गर्ने गरको छ। त्यस आधारमा आगामी तीन दिनसम्म नै वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७७-०१-१४, बिहान ६:०० बजे)

मौसम विश्लेषण (Meteorological Analysis):-

हाल देशमा पश्चिमी वायु /स्थानीय वायु र पुर्वी भू-भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी /अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश भएको देखिन्छ।

हालको मौसमको अवस्था (Present Weather Status):

हाल देशको केहि स्थानहरुमा सामान्य बदली भई वर्षा भइरहेको छ|

आगामी तीन दिनको मौसम पूर्वानुमान

 बैशाख 1४ गते (आईतबार)

दिउँसोः देशभर सामान्य बदली रही केहि स्थानहरुमा  मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी  सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीः  देशभर सामान्य बदली रही केहि स्थानहरुमा  मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी  सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 बैशाख 1५ गते (सोमबार)

दिउँसोः  देशभर सामान्य बदली रही अधिकांश स्थानहरुमा  मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी  सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 रातीः  देदेशभर सामान्य बदली रही अधिकांश स्थानहरुमा  मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी  सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बैशाख 1६ गते (मंगलबार)

दिउँसोः  देशभर सामान्य बदली केहि  स्थानहरुमा  मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी  सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 रातीः  देदेशभर सामान्य बदली केहि  स्थानहरुमा  मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी  सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs):

पश्चिमी भू-भागका केहि  स्थानमा र मध्य र पूर्वी भूभागका केहि स्थानहरुमा  मेघगर्जन/ चट्याङ्ग  र हावाहुरी  सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ |

 

कमेन्टहरु
Loading...