मौसमः भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह

पोखरा, ३ असार/ नेपालमा जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाले तीनदिनको पुर्वानुमान लगाउदै मध्ये देखी ठुलो वर्षा हुने अनुमान लगाएको छ । नेपालको पूर्वी र मध्य भू–भागमा मनसुनी वायु तथा पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको हो ।

हाल देशभर सामान्य बदलिको अबस्था छ र देशका केही भू–भागहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

देशभर धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २ ,बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५का एक दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ जसका कारण ती क्षेत्रहरुका नदीमा पानीको वहाव बढ्ने , पहिरो जाने , सडक तथा हवाई यातायात समेत प्रभावित हुने सम्भावना रहेको हुनाले सबैले आवश्यक सतर्कता अपनाउन हुन महाशाखाको अनुरोध छ ।

मौसम विश्लेषण (Meteorological Analysis):-

नेपालको  पूर्वी र मध्य भू-भागमा मनसुनी वायु तथा पश्चिमी भू-भागमा पश्चिमी  वायुको प्रभाव रहेको छ।

 हालको मौसमको अवस्था (Present Weather Status):

हाल देशभर सामान्य बदलिको अबस्था छ र देशका केहि भु-भागहरुमा  हल्का देखि मध्यम वर्षा भईरहेको छ।

 आगामी तीन दिनको मौसम पूर्वानुमान

असार ०३ गते (बुधबार)

दिउँसोः  सुदुर पश्चिम प्रदेश, कर्णाली र प्रदेश प्रदेश नं ५ का केही  स्थानहरुमा  सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै  स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा  मेघगर्जन र चट्याङ  सहित हल्का देखि मध्ययम वर्षाको   संभावना रहेको छ। प्रदेश १, प्रदेश २  र बाग्मती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीः  सुदुर पश्चिम प्रदेश, कर्णाली र प्रदेश प्रदेश नं ५ का केही  स्थानहरुमा  सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै  स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा  मेघगर्जन र चट्याङ  सहित हल्का देखि मध्ययम वर्षाको   संभावना रहेको छ। प्रदेश १, प्रदेश २  र बाग्मती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

असार ०४ गते (बिहिबार)

दिउँसोः  सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै  स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका  थोरै स्थानहरुमा  मेघगर्जन र चट्याङ  सहित हल्का देखि मध्ययम वर्षाको   संभावना रहेको छ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र ५ नं प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

 रातीः  सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा  मेघगर्जन र चट्याङ  सहित हल्का देखि मध्ययम वर्षाको   संभावना रहेको छ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

असार ०५ गते (शुक्रबार)

दिउँसोः  सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका  थोरै स्थानहरुमा  मेघगर्जन र चट्याङ  सहित हल्का देखि मध्ययम वर्षाको   संभावना रहेको छ। प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

 रातीः  सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा  मेघगर्जन र चट्याङ  सहित हल्का देखि मध्ययम वर्षाको   संभावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश  र बाग्मती प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

देशभर  धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ  सहित हल्का देखि मध्यम वर्षा हुनुका साथै  प्रदेश १, प्रदेश २ ,बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५का एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ जसका कारण ती क्षेत्रहरुका नदीमा पानीको वहाव बढ्ने , पहिरो जाने , सडक तथा हवाई यातायात  समेत  प्रभावित हुने संभावना  रहेको हुनाले  सबैले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

कमेन्टहरु
Loading...