अमेरीकामा मृत्यु भएको साथीका नाममा पोखरामा अक्षयकोष

पोखरा, २ फागुन /अमेरीकामा ६ महिना अगाडी मृत्यु भएका साथीको नाममा पोखराको छोरेपाटन माध्यमीक विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । स्कुले जिवनमा आफुसगँ पढेका साथी विद्यान गुरुङको अमेरीकामा मृत्यु भए पछि साथीहरुले पैसा उठाएर अक्षयकोषको स्थापना गरेका हुन् ।

पश्चिमाञ्चल बोडिङ्ग स्कुल तनहुँमा सगँ पढेका साथीले २ लाख रुपैया संकलन गरि विद्यान गुरुङ सम्झनामा अक्षयकोषको स्थापना गरेको अक्षयकोष स्थापनाका संयोजक सन्तोषराज सिग्देलले जानकारी दिए ।

उनले आर्थिक स्थती कम्जोर भएका विद्यार्थीलाई व्याजबाट छात्रबृत्ति दिने उनले बताए । अक्षयकोषका लागि संलन भएको २ लाख रुपैया मंगलबार छोरेपाटन माध्यामिक विद्यालयका प्रधानध्यापक लक्ष्मण थापालाई हस्तान्त्ररण गरेका छन् ।

कमेन्टहरु
Loading...