नेपालको सहयोगका लागी अमेरिकामा पदयात्रा

पोखरा, १५ भाद्र/अमेरिकामा स्थापित नेपालको युवा संस्थाको आयोजनामा वक फर नेपालको तेस्रो संस्करण सेप्टेम्बर २२ मा हुने भएको छ । नेपाल र नेपालीका लागी क्रियाशिल सामजिक संस्थाहरुलाई आर्थिक सहयोग गर्ने उद्देश्यले नेपालका लागी पदयात्रा कार्यक्रम संस्थाले आयोजना गर्दै आएको छ ।
सहयोग पाउने संस्थाहरुमा पोखराको हेरालौ प्रतिष्ठान सहित १८ वटा संघ संस्था परेका छन् । बोष्टन अमेरिकामा सेप्टेम्बर २२ मा वक फर नेपाल हुनेछ । न्युनतम् १५ डलर सहयोग गर्नुपर्ने हुन्छ भने रजिष्टे«शन जो कसैले पनि गर्न सकिने हेरालो प्रतिष्ठान पोखराले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...