तोडफोडप्रति संयुक्त विरोध

पोखरा २३, फागुन/अखिल क्रान्तिकारीको आह्वानमा पठनपाठन बन्द रहेको अवस्थामा सोमबार शैक्षिक संस्थामा पु¥याइएको भौतिक क्षतिप्रति विरोध जनाइएको छ । विद्यार्थी संगठनका कार्यकर्ताहरुले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदसँग सम्बन्धन प्राप्त गरी निजीस्तरमा सञ्चालित फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्ससँग आवद्ध चरक एकेडेमी, फिस्टेल हस्पिटल नर्सिङ्ग कलेज लगायत पोखराका कलेजहरुमा जबरजस्ती प्रवेश गरी भौतिक क्षति पु¥याउँदै अमर्यादित कार्य गरेको बताइएको छ ।घटनाप्रति फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्स, हिसान कास्की, प्याब्सन कास्की र एन प्याब्सन कास्कीले मंगलबार संयुक्त विज्ञप्ति जारी गरी विरोध जनाएका छन् । ‘शैक्षिक संस्थामा भएको यस्तो घटना निन्दनीय छ’ विज्ञप्तिमा भनिएको छ, ‘उक्त कार्यको भत्र्सनाका लागि सवैसँग अपिल गर्दछौं । स्थानीय प्रशासन र प्रहरी प्रशासनसँग सो घटना घटाउने व्यक्ति, संस्थालाई कानूनी कारवाही गर्नसमेत विज्ञप्ति मार्फत आग्रह गरिएको छ । साथै नोक्सानीको क्षतिपूर्ति दिलाएर आवश्यक सुरक्षा व्यवस्थाको लागि अनुरोध गरिएको छ ।

यसैबीच, मंगलबार सोही समूहले फेवा सिटी इन्स्टिच्यूट अफ मेडिकल साइन्सेसको प्राचार्य कक्षमा ताला लगाइएकोप्रति खेद प्रकट गर्दै निन्दा गरिएको छ । आवश्यक पूर्वाधार निर्माण पुरा गरी शिक्षाको पहुँचलाई सर्वसुलभ बनाउने उद्देश्य राखी स्थापना भएका संस्थालाई यस प्रकारका अमर्यादित तथा निन्दनीय कार्यहरु नगर्न सम्पूर्ण सम्बन्धित पक्षसँग विज्ञप्ति मार्फत आग्रह गरिएको छ ।

कमेन्टहरु
Loading...