चौथो मिसेस तीजको उपाधि शुनिता थापा महर्जनलाई

पोखरा, २३ भदौ / चौथो मिसेस तीज ट्यालेण्ट कण्टेष्ट २०६९ को उपाधि शुनिता थापा महर्जनले जितेकी छन । पोखरा सभागृह हलमा सुक्रबार भएको फाईनल चरणमा १८ प्रतिष्पर्धीलाई पछि पार्दै थापाले उपाधि जितेकी हुन । उपाधि सहित थापाले नगद १० हजारको साथमा गिफ्ट ह्याम्परहरु समेत पाईन । मिसेस तिज थापालाई २०६८ का मिसेस तिजका विजेता रोजी श्रेष्ठले ताल पहिराएकी हुन भने बिभिन्न गिफ्ट ह्याम्पर राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपालका अध्यक्ष मिना गुरुङले प्रदान गरिन् ।

फाईनल चरणमा पोखरामा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निमार्णको लागि पोखरेलीहरुको कस्तो भुमिका हुनु पर्दछ ? भनी सोधेको प्रश्नमा मिसेस थापाले जातिय विभेद अन्य गरी सवै एक भइ साझा सवालमा सरकारलाई दवाव दिनु पर्ने बताएकी थिईन ।

प्रतियोगितामा फष्ट रन रअफमा आशा खत्री पहारी घोषित हुदै नगद ७ हजार, सेकेण्ड रनर अफ हुदै निर्मला थापाले ५ हजार र दर्शक छनौटमा राधीका गुरुङ घोषित भईन । राधीकाले ३ हजारको साथमा गिफ्ट ह्याम्पर पाएकी हुन ।

प्रमुख निर्णायकमा रेडियो अन्नपुर्णका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र श्रेष्ठ त्यसै गरी अन्य निर्णायकमा लोकगायीका तथा संचारकर्मी शान्ती गुरुङ, युनियनका केन्द्रीय उपाध्यक्ष आरती गुरुङ, सामुदायिक सेवा केन्द्र जिल्ला समन्वस समिति कास्कीका निवर्तमान अध्यक्ष सिता गुरुङ, युनियनका जिल्ला अध्यक्ष सुमन गुरुङ रहेकी थिईन । महिलाको महान पर्व हरितालिका तीजको अवसरमा राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपालको आयोजनामा उक्त प्रतियोगिता विगत ३ बर्षदेखि संचालन हुदै आएको छ ।

तीजमा दिदीबहिनीहरुले आफ्नो कथा, ब्यथा र दुखेसो मात्र नपोखी आफूले जानेका र बुझेका कुराहरुलाई प्रस्तुत गर्न प्लेटफर्मको रुपमा विवाहीत महिलाहरुको लागि उक्त प्रतियोगिता आयोजना गर्दै आएको यूनियनका केन्द्रीय अध्यक्ष गुरुङले बताईन । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका पोलीट व्युरो सदस्य तथा पुर्व स्थानीय विकास मन्त्री उर्मीला अर्यालले कार्यक्रमको उद्घाटन गरीन । प्रमुख प्रायोजक गोर्खा एण्ड बराह ज्वलर्सका प्रबन्ध निर्देशक हरि धमलाले महिलाहरुको विकासको लागि आफुहरुले प्रायोजन गरेको बताउदै आगामी दिनमा समेत सहयोग गर्ने बताए । कार्यक्रममा ब्रह्मकुमारी ईश्वरीय विश्वबिद्यालय नयाँबजार पोखराकी राजयोगीनी सुधा दिदिले शुभकामना मनतब्य राखिन ।

राष्ट्रिय सौन्दर्यकर्मी यूनियनले अघिल्ला ३ वर्षसम्म विशेषगरी ब्यूटीसियन महिलालाई मात्र यस प्रतियोगितामा सहभागी गराउँदै आएकोमा यस वर्षदेखि कुनै पनि पेसामा संलग्न महिलालाई समेत अवसर दिएको कार्यक्रम संयोजक देबी गुरुङले बताईन । प्रतियोगिताको कोरियाग्राफी रवीन्द्र बज्राचार्यले गरेका थिए । कार्यक्रमको संचालन संचारकर्मी सन्जय मल्लले गरे । अतिथि फेसन हाउसले साढी सजाउनमा सहयोग पुराएको थियो ।

कमेन्टहरु
Loading...