म्याग्दी नदीले बगाएर दुई बालक बेपत्ता

पोखरा, १८ असार /पौडी खेल्ने क्रममा म्याग्दी नदीले बगाएर बेनी नगरपालिका–३ दुधेखोलाका दुई बालक बेपत्ता भएका छन् ।

मंगलबार दिऊसो म्याग्दी नदीमा पौडी खेल्ने क्रममा बेनपा–३ भकिम्लिका ११ वर्षीय प्रदीप रोका र बागलुङ घर भई हाल बेनपा–३ दुधेखोलामा मामाको घरमा बस्दै आएका डेविड काउचा बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।

विद्यालयबाट फर्केर पौडी खेल्न गएका उनीहरुको खोजीकार्य स्थानी र प्रहरीले मंगलबार साँझ देखी नै खोजी गरी रहेका छन् ।

कमेन्टहरु
Loading...