फागुन १४ गते हुने स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनीक

काठमाडौ, १५ माघ/फागुन १४ गते त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको कार्यतालिका सार्वजनीक गरेको छ ।

शिक्षाध्यक्षको कार्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय अन्तरगत रहेको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन एवम् समन्वय समितिको माघ १३ गते बसेको बैठकले फागुन १४ गते निर्वाचन गर्ने निर्णय गरेको थियो ।

सम्पूर्ण क्याम्पसहरुमा स्नातक र स्नातकोत्तर तहको प्रथम वर्षमा विद्यार्थी भर्ना माघ १५ गतेदेखि बन्द गर्न निर्देशन दिइएको छ ।

निर्वाचन तालिका यस्तो छ

फागुन १ गते मतदाता सूची प्रकाशित गर्ने,
फागुन ३ गते एक बजेसम्म मतदाता सूची उपर दावी विरोध गर्ने
फागुन ४ गते ११ बजेदेखि ५ बजे सम्म उम्मद्वारको मनोनयन पत्र वितरण गर्ने
फागुन ५ गते ५ बजे अन्तिम नामावली प्रकाशित गर्ने
फागुन ५ गते ११ देखि ३ बजेसम्म उम्मेद्वारको मनोनयन पत्रको शिलबन्दी नामावली दाखिला गर्ने
फागुन ५ गते ५ बजे प्रत्यक्ष तर्फको उम्मेद्वारको नामावली प्रकाशित गर्ने
फागुन ६ गते २ बजेसम्म उम्मेद्वारको नामावली उपर दाबी विरोध गर्ने अन्तिम समय
फागुन ६ गते ५ बजे अन्तिम नामावली प्रकाशित गर्ने
फागुन ८ गते १ बजेसम्म उम्मेद्वारको नाम फिर्ता लिने अन्तिम समय
फागुन ८ गते ४ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशित गर्ने
फागुन १४ गते मतदान मिति

कमेन्टहरु
Loading...