मंसिरमा स्थानीय निकायको निर्वाचन हुने

काठमाडौं, २६ वैशाख/सरकारले स्थानीय निकायको निर्वाचन मसिरमा गर्ने घोषणा गरेको छ । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०७३/७४ को सरकारको नीति तथा कार्यक्रममा आगामी मङ्सिरभित्र स्थानीय निकायको निर्वाचन गरिने बताएकी छन्।

नयाँ संविधानले तय गरेको स्थानीय निकायको संरचना तयार नहुँदासम्मको समयका लागि भन्दै सरकारले मंसिर महिनामा स्थानीय निकायको निर्वाचन गर्ने भएको हो।

नयाँ संविधानले संघीय संसद, प्रदेश सभा र स्थानीय निकायको व्यवस्था गरेपनि संविधानको कार्यान्वयन गरी त्यस अनुरुपका निकायमा जनप्रतिनिधि चयन गर्न तत्काल सम्भव नभएको अवस्थामा सरकारले अन्तरिम व्यवस्थापनका लागि स्थानीय निकायको निर्वाचन गर्ने भएको हो। २०४६ सालको राजनीतिक परिवर्तन पश्चात ४९ साल र ०५४ साल गरी दुई पटक स्थानीय निकायमा निर्वाचन भएको थियो।

त्यसपछि मुलुकमा उत्पन्न माओवादी द्धन्द्ध र राजनीतिक अस्थिरताका कारण २०९५ सालमा हुनुपर्ने स्थानीय निकायको निर्वाचन अहिलेसम्म हुन सकेको छैन। जसका कारण स्थानीय तहमा विकास निर्माणको कार्यले गति लिन सकेको छैन। नयाँ संविधान अनुसार नयाँ कानुन नबनाइ निर्वाचनमा जाँदा ७५ जिल्ला, २ सय १७ नगरपालिका तथा झण्डै ३२ सय गाविसमा जनप्रतिनिधिहरुको चयन हुनु पर्ने छ। फाइल तस्विर

कमेन्टहरु
Loading...