प्याब्सन मिटको सिनियर फुटबलको फाइनलमा पोखरा एकेडेमी र स्नोभ्यू

पोखरा, २८ मङ्सिर/पोखरा एकेडेमी र स्नो भ्यू प्याब्सन कास्कीको आयोजनामा पोखरामा सञ्चालित १३ औं प्याब्सन स्पोर्ट्स् मिटअन्तर्गत सिनियर फुटबलको फाइनलमा प्रवेश गरेका छन् । आज भएको पहिलो सेमिफाइनल खेलमा स्नो भ्यूले फिस्टेल एकेडेमीलाई २–१ लाई पराजित ग¥यो ।
दोस्रो सेमिफाइनल खेलमा पोखरा एकेडेमीले मेरीगोल्ड स्कुललाई टाइब्रेकरमा ५–४ ले पराजित ग¥यो । निर्धारित तथा अतिरिक्त समय एक–एक गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । तेस्रो स्थानको लागि मेरीगोल्ड र फिस्टेलबीचको खेल शुक्रबार बिहान हुनेछ । यस्तै धौलागिरि बोर्डिङ र अल्फा बोर्डिङ जुनियर फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन । आज भएको पहिलो सेमिफाइनल खेलमा धौलागिरि बोर्डिङले अल्फा बोर्डिङलाई ५–२ ले पराजित ग¥यो भने दोस्रो सेमिफाइनल खेलमा पोखरा एकेडेमीले शान्तिदीपलाई ५–० ले पराजित ग¥यो ।

यसैगरी नीलगिरि र हिलपोइण्ट हाइस्कुल छात्र भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । आज भएको पहिलो सेमिफाइनल खेलमा नीलगिरिले हिलसाइडलाई ३–१ को सेटमा पराजित ग¥यो । दोस्रो सेमिफाइनल खेलमा हिलपोइण्ट हाइस्कुुललले रिभरडेल स्कुललाई ३–० को सोझो सेटमा पराजित ग¥यो ।

एथलेटिक्सतर्फ दुई सय मिटर छात्र दौडमा सृजना उमाविका निकेश पुन प्रथम, बालोदय उमाविका विशाल कुँवर द्वितीय र न्यू मुनलाइट एकेडेमीका अञ्जीत गुरुङ तृतीय भए । न्यू मिलिनियमका सुस्मिता श्रेष्ठ प्रथम, टप्स उमाविका शशी चौधरी द्वितीय रस्टेप बाई स्टेप उमाविका त्रिशला श्रेष्ठ तृतीय भए ।

छात्र आठ सय मिटर दौडमा शान्तिदीप स्कुलका आशिष न्यौपाने प्रथम, नेपाल आदर्श उमाविका नवीन थापामगर द्वितीय र ज्ञानुबाबा उमाविका कृष्ण सुवेदी तृतीय भए । छात्रातर्फ फिस्टेल उमाविका प्रतिमा सुवेदी प्रथम, ज्ञानुबाबा उमाविका मीना पुन द्वितीय र मेरीगोल्ड स्कुलका राखी शर्मा तृतीय भए ।

छात्र ट्रिपल जम्पतर्फ नेपाल आदर्श का कुमार गुरुङ प्रथम, स्पाइरल ग्यालेक्सीका मिलन पौडेल द्वितीय र रिभरडेल स्कुलका राजेश सापकोटा तृतीय भए । छात्रछात्रा रिले दौडको सेमिफाइनल खेल सम्पन्न भएका छन् । शुक्रबार छात्रछात्रा चार सय मिटर रिले दौडको फाइनल हुने एथलेटिक्स संयोजक मोतीराम गुरुङले जानकारी दिए ।

कमेन्टहरु
Loading...