एसएलसी नतिजा असार पहिलो, प्राप्तांक रुजु गर्ने काम जारी

काठमाडौ, ३० जेठ/परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले एसएलसी परीक्षाको नतिजा असार पहिलो साताभित्र सार्बजनिक गर्ने तयारीमा जुगेको छ । अहिले उत्तरपुस्तिका परीक्षण सकेर प्राप्तांक रुजु गर्ने काम भइरहेको परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ ।

२०७२ चैत १८ गतेदेखि २९ गतेसम्म एसएलसी परीक्षा चलेको थियो । देशभर १ हजार ४ सय ४३ परीक्षा केन्द्रबाट जम्मा ६ लाख १५ हजार ५ सय ५३ विद्यार्थी एसएलसीमा सहभागी भएका थिए ।

परीक्षा नियन्त्रकका अनुसार ‘अबको एक हप्ताभित्र सबै काम सकिने बताउदै त्यसपछि रिजल्ट निकाल्ने बताए । अहिले प्राप्तांक रुजु गर्ने काम भइरहेको जानकारी दिए । एसएलसीको ८२ वर्षे इतिहासमा यसै वर्षदेखि ग्रेडिङ पद्धति लागू हुँदै छ । नियमित, प्राविधिक र एक्जाम्टेड सबै विद्यार्थीको नतिजा अक्षरांक पद्धतिअनुसार प्रकाशित गरिने छ ।

यस वर्षदेखि मार्कसिटमा पास, फेल र फर्स्ट डिभिजन, सेकेन्ड डिभिजन लेखिने छैन । त्यसको सट्टा मार्कसिटमा ‘ए’, ‘बी’, ‘सी‘’ ग्रेड लेखिने छ ।

कमेन्टहरु
Loading...