SLC Result : कागलाई बेल पाक्यो हर्ष न बिस्मात

सन्दर्भ SLC Result 2068 को: हिजो मात्र  एस एल सी को रिजल्ट भयो, तर यो रिजल्ट  धेरैको लागी निरासमय खबर भयो| एसएलसी परिणाम : दुई खर्ब लगानी, बालुवामा पानी शिक्षा प्रणाली नै पूर्ण असफलः शिक्षाविद्, एक समाचारको शीर्षक| कारण क्रिस्टल क्लियर छ|

परीक्षा नियन्त्रण कार्यालयले (प. नि. का.) वर्षको एसएलसी परीक्षाको परीक्षाफल हिजो प्रकाशित गरेको छ। नियमित तर्फ ४७.१६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। ग्रेस नम्बर पाँच दिँदा पनि उत्तीर्ण संख्या गत वर्षभन्दा ८.३४ प्रतिशतले कम हो। गत वर्ष ५५.५ प्रतिशत उत्तीर्ण भएका थिए। त्यसैगरी आंशिकतर्फ यस पटक १३.७० प्रतिशत मात्र उत्तीर्ण भएका छन्। यस पटक विशिष्ट श्रेणीमा १७ हजार ७ सय ६०, पहिलो श्रेणीमा ७७ हजार २५७, दोस्रो श्रेणीमा ९३ हजार ८३० र तेस्रो श्रेणीमा ८ हजार ७९१ जना उत्तीर्ण भएका छन्। यस वर्ष नियमिततर्फ ४ लाख ४५ हजार ९ सय ७४ र एक्जाम्टेड तर्फ ८२ हजार २ सय ८३ गरी पाँच लाख २८ हजार २ सय ५७ सहभागी थिए।

फेसबुकको एउटा पेज SLC News Nepal का अनुसार एस एल सी मा प्रतेक बर्ष सफलता ओरालो लागेको छ, देशले काम नगरी परिणाम मात्र खोज्ने बानी प्रमुख कारण हो| ट्विटर र फेसबुकका स्टाटस एस एल सी को नराम्रो रिजल्ट बारे भरिएका छन्|

Here is a twitter stream for SLC Result:


कमेन्टहरु
Loading...