महायज्ञको तयारी पुरा, भोली देखि शुरु

पोखरा, २६ भाद्र/श्रीकृष्ण माध्यमिक विद्यालयको सहयोगार्थ आयोजना गरिएको श्रीमद्भागवत विराट ज्ञान महायज्ञको तयारी पुरा भएको छ । भदौं २७ बाट असौज ३ सम्म सञ्चालन हुने महायज्ञ सम्पूर्ण पोखराबासी तथा श्रद्धालु भक्तजनहरुको सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ । महायज्ञ मुल समारोह समितिले मंगबार पत्रकार सम्मेलन गरेर तयारी पुरा भएको जानकारी दिएको हो । २०२८ सालमा प्राथमिक विद्यालयका रुपमा स्थापित सो विद्यालय ०६९ सालमा माध्यमिक विद्यालय भएको थियो ।

विद्यालयको भौतिक पूर्वाधार विकास निर्माण गर्न र विद्यालय सञ्चालनका लागि आर्थिक सहयोग जुटाउनका लािग महायज्ञ गर्न थालिएको अध्यक्ष दण्डराज शर्माले बताए । विद्यायलमा विपन्न र अति विपन्न वर्गका बालबालिका अध्ययनरत छन् । हुने खानेका छोरा छोरी सुविधा सम्पन्न नीजि विद्यालयमा पढ्ने तर विपन्न वर्गका छोराछोरी सरकारी विद्यालयमा पढ्नुको कारण सरकारी विद्यालयमा भौतिक सुविधा कम भएकाले हो भन्ने महसुस गरेका स्थानीय बासिन्दाले महायज्ञ गरेर श्रोत जुटाउने प्रयत्न गरेको हो ।photo 1

महायज्ञलाई सफल पार्न विभिन्न समिति, उपसमिति गठन भएका छन भने स्थानीय बासिन्दा अहोरात्र खटिएका छन् । पोखराका १८ वटै वडामा विभिन्न कार्यक्रम गरेर दानविर र भक्तजनलाई आमन्त्रण गरिएको छ । महायज्ञबाट करिब ३ करोड रुपैया संकलन गर्ने लक्ष्य लिइएको बताउदै अध्यक्ष शर्माले त्यस क्रममा ३० लाख जति खर्च हुने अनुमान गरिएको जानकारी दिए । महायज्ञ शुरु हुनु अघि बुधबार मोटर साइकल र्यालीको आयोजना गरिएको छ भने विहिबार शोभा यात्राको आयोजना गरिएको आयोजकले बताएका छन् ।

कमेन्टहरु
Loading...