तयार सहारा एकेडेमी र फुटबल मैदान

पोखरा, ६ काक्तिक/ तीनवर्ष अघि सहारा क्लबले निमार्ण थालेको एकेडेमी भवन निमार्ण कार्य सम्पन्न भएको छ । एकेडेमी सँगै खेल मैदान पनि तयार भएको छ । नेपालमा एउटा क्लबको आफ्नै एकेडेमी र खेल मैदान भएको क्लब सम्भवत पोखराको सहारा क्लब नै हो । देश विदेशबाट प्राप्त आर्र्थिक सहयोग र चन्दाको भरमा क्लबले एकेडेमी भवन र खेल मैदान तयार गरे हो । पोखराबाट सागर राज तिमिल्सिनाको एक रिपोर्ट

क्लवले एकेडेमी बनाउन २०६२ साल पोखराको दोबिल्लामा २६ रोपनी जग्गा किनेको थियो । ३२ लाख रुपैयाँमा खरिद गरेको जग्गामा एकेडेमी भवन बनाएर बचेको १९ रोपनीमा खेल मैदान क्लबले तयार पारेको छ । एकेडेमी भवनमा बस्ने खाने व्यवस्थाका अतिरक्त डाइनिङ्ग हल, मेडिकल हल, लगाएको सुविधा छ भने खेल मैदान फुटबल खेल्नका लागि तयार भएको छ । त्यसका अतिरिक्त प्याराफिट, पार्किङ्ग र फुटबल अभ्यास मैदान पनि तयार रहेको क्बलले जानकारी दिएको छ ।

त्यसबाहेक खानेपानी बोरिङका २२ लाख रुपैयाँ लागत तयार परेको छ । बोरिङका लागि बेलायतको कुखाम ब्रिज रोटरी ९ऋययपजबm द्यचष्मनभ च्यतबचथ ग्प्० ले सघाएको थियो । क्लबले दुईतले भवन र खेल मैदान निमार्णका करिब २ करोड खर्च लागेको जानकारी दिएको छ । भवन निमार्णका लागि एक करोड २७ लाख रुपैयाँ र खेल मैदान निमार्णका लागि करिब ७० लाख खर्च लागेको क्बलका उपाध्यक्ष विरभद्र आचार्यले बताए ।

गरिब, असहाय र कठिन परिस्थितीका बालकहरुलाई एकेडेमीमा राखेर पठनपाठनका साथै फुबटल प्रशिक्षण दिलाएर खेलाडी उत्पादन गर्ने क्लवको उद्देश्य छ । २०५५ सालमा स्थापना भएको क्लवले २०५८ मा पहिलोपटक एकेडेमी राखेर २० जना पोखरेली बालकहरुलाई फुटबल प्रशिक्षण दिन थालेको थियो । फुटबल खेलाडी अनिल गुरुङ एकेडेमीका पहिलो उत्पादन हुन् ।

२०६१ मा दोश्रोपटक आवासीय रुपमा १३ जिल्लाका २० जना बालकलाई एकेडेमीमा राखेको थियो । तीमध्ये ९ जना अघिल्लो वर्ष व्यायज यूनियनमा आवद्ध भएका छन् । नयाँ भवनमा देशभरबाट छनौट गरेर ४० राख्ने योजना छ क्लबको । अहिलेसम्म एक करोड रुपैयाँ बढि आर्थिक आफुहरुले पाएको बताउदै क्लबका अध्यक्ष विक्रम थकालीले अझै सहयोगको खाचो रहेको बताए ।

भवन बनाउन सहाराले आहा गोल्डकप फुटबलको आम्दानी समेत खर्च गरेको छ । क्लबलाई बेलायत, हङकङ, कोरिया, अष्ट्रेलिया, अरब, जापान लगायतका मुलुकबाट सहयोग आएको छ । स्वदेशमै सबैभन्दा बढि पाँचलाख रुपैयाँसम्म सहयोग क्लवले पाएको छ । सहरालाई सघाउनेहरु पनि फुटबल खेलप्रतिको लगाव देखेर नै सघाउने गरेका छन् ।

फुटबलको क्षेत्रमा सहाराको ठुलो योगदान छ, सहारा क्बलबाट उत्पादित खेलाडीले विश्वमै नाम कमाउन सफल भएका छन् । हुन त विदेशी क्लबहरुका आफ्नै एकेडेमी र खेल मैदान हुने गर्न छ । तर नेपाली क्लबको भने न एकेडेमी छ न त खेल मैदान नै । त्यसैले सहारा क्लबले सहयोगबाट सन्चालन गरेको एकेडेमीको अन्य क्लबले पनि सिको गर्ने कि ।

कमेन्टहरु
Loading...