एसईईको सामाजिक विषयको प्रश्नपत्र पनि बाहिरियो

काठमाण्डौं, १५ चैत /माध्यमिक शिक्षा परीक्षा (एसईई) को सामाजिक विषयको प्रश्नपत्र बाहिरिएको आशंका गरिएको छ ।

सामाजिक विषयको प्रश्नपत्र सप्तरी र धनुषामा बाहिरिएको आशंका गरिएको हो । प्रश्नपत्र जनकपुरबाट बाहिरिएको हुनसक्ने अनुमान गरिएको छ ।

जनकपुरबाट बाहिरिएको प्रश्नपत्रलाई सामजिक सञ्जालमार्फत सप्तरी पुगेको आशंका गरिएको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सप्तरीबाट प्रश्नपत्र नबाहिरिएको बताए ।

यसअघि बिहीबार सप्तरी र सिरहामा विज्ञान बिषयको प्रश्नपत्र बहिरिएको थियो । जसकारण विज्ञान विषयको परीक्षा रद्द गरिएको थियो ।

कमेन्टहरु
Loading...