एसईईको शनिबार हुने स्वास्थ्य तथा जनसंख्याको प्रश्नपत्र बाहिरियो

काठमाडौं, १५ चैत /एसईई परीक्षा अन्तर्गत प्रदेश–२ शनिबार हुने स्वास्थ्य तथा जनसंख्या विषयको प्रश्नपत्र पनि बाहिरिएको छ ।

यसअघि बिहीबारको विज्ञान र शुक्रबार सामाजिक विषयको प्रश्नपत्र बाहिरिएको थियो ।

परीक्षाको अघिल्लो दिन नै प्रश्नपत्र बाहिरिएपछि प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रतिनिधि र सरोकारवालाको टोलीले शनिबारको प्रश्नपत्र बाहिरिएको बारेमा छानबिन गरेका थिए ।

शनिबारको यो विषयको प्रश्नपत्र सामाजिक सञ्जालबाट बाहिरिएको हो । दैनिक परीक्षा रद्ध हुँदै गएपछि प्रदेश २ का विद्यार्थी आन्दोलित भएका छन् ।

एसईईको शनिबार हुने स्वास्थ्य तथा जनसंख्याको प्रश्नपत्र बाहिरियो !
एसईईको शनिबार हुने स्वास्थ्य तथा जनसंख्याको प्रश्नपत्र बाहिरियो !
कमेन्टहरु
Loading...