भगवती प्राथामिक बिद्यलयमा भवन निर्माण कार्य तीव्र

भाद्र, २७ पोखरा । पुम्दी भुम्दी गा बि स वडा नम्बर ६ मा अवस्थित अंग्रेजी माध्यमबाट पढाई हुने भगवती प्रथामिक बिद्यालयमा निर्माण गरीएको २ कोठे आर सी सी स्ट्रक्चरको भवन निर्माणर्थ यूरासीय रेयूकाई ले आज बिद्यालय प्रांगणमा एक कार्यक्रमको आयोजना गरी बिद्यलयलाई रु १ लाख सहयोग गरेको छ ।

जिल्ला शिक्षा कार्यलयको ७ लाख ५० हजार रुपैयाँको आर्थिक सहयोगमा निर्माण कार्य सुरु गरीएको २ कोठे भवन बनाउनका लागी यूरासीय रेयूकाई ले आज बिद्यालय प्रांगणमा एक कार्यक्रको आयोजना गरी उक्त बिद्यलयलाई रु १ लाख सहयोग गरेको हो । जिल्ला शिक्षा कार्यलयले टिनको भवन बनाउन भनिए पनि स्थानिय स्तरको श्रोत तथा पहलमा अहिले १ तलेमा २ वटा पक्की बनाउने काम जारी रहेको भवनको २० लाख भन्दा बढी खर्च लाग्ने अनुमान गरीएको छ ।

कार्यक्रममा यूराशिय रेयूकाई नेपालका अध्यक्ष बिष्णु प्रसाद पौडेलले स्कुलले गरेको ठुलो योजनामा आफुहरुको यो सानो सहयोग मात्रै भएको भन्दै यस काममा सहयोग गर्न पाएकोमा खुशी ब्यक्त गर्दै गौराभाम्वित भएको बताउनुभयो । उक्त अवसरमा पौडेलले सहयोग गर्ने बानी आफै बाट सुरु गरे, सहयोगी हात अरु पनि आउने आशा ब्यक्त गर्नुभयो ।

पौडेलले यूराशिया रेयूकाई बिश्वमा एउटा शान्ति शिक्षा भएको भन्दै यूराशिया रेयूकाइका बारेमा प्रकाश पार्नु भयो । कार्यक्रममा बिषेश अतिथीको आसन बाट बोल्दै पूम्दी भूम्दीमा रहेको यूराशिय रेयूकाईको तालिम केन्द्र, स्थीरमती पहाड का ईन्चार्ज पुरुषोत्तम पोखरेलले स्कुललाई सहयोग गर्न पाएकोमा खुशी ब्यक्त गर्नुभयो ।साथै पोखरेलले ब्यक्तिगत तर्फबाट रु ५ हजार ५ सय प्रदान गर्नु भएको छ ।

कमेन्टहरु
Loading...