माउण्ट अन्नपूर्ण उमाविमा छुनुमुनु बालक्लब गठन

पोखरा÷३२ श्रावण/ बालबालिकाको प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले छुनुमुनु पव्लिकेशन लिमिटेड र माउण्ट अन्नपूर्ण उच्च माविको आायोजनामा बिहिबार विद्यालयमा छुनुमुनु बालक्लब माउण्ट अन्नपूर्णको गठन गरियो ।कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुको भेलाले विद्यालयको कक्षा १० मा अध्ययनरत छात्रा रुवि शर्माको अध्यक्षतामा २१ सदस्यीय माउण्ट अन्नपूर्ण छुनुमुनु बाल क्लब गठन गरियो । जसको उपाध्यक्ष श्वेता नापित, सचिव विवेब शर्मा, सह–सचिव रोशन रेग्मी र कोषाध्यक्ष किश्मा पुर्जा रहेका छन ।
त्यसैगरी अन्य सदस्यहरुमा धुर्व शर्मा, बबिन पौडेल, प्रज्ञा अधिकारी, हिमराज पुन, कुशुम पराजुली, मौलिक भुजेल, कपिल आचार्य, जानु क्षेत्री, प्रकाश गुरुङ, स्मृति पौडेल, सुस्मिता पराजुली, सारिना पालिखे, तारावि पुन र समिक्षा पुन रहेका छन । क्लव गठनको समयमा विद्यालयका प्राचार्य छुनुमुनु बाल क्लबका संरक्षक रामजी शर्मा, संयोजक शिक्षक भरत भण्डारी र छुनुमुनुका प्रतिनिधि सरला लामिछाने र अर्पना भण्डारीले बाल क्लवले गर्नुपर्ने काम को बारेमा प्रकाश पार्नु भएको थियो ।

कमेन्टहरु
Loading...