सरकारी कार्यालय प्रमुखसंग सुशासन अभिवृद्धि अन्तरक्रिया

पोखरा, ५ असार/कास्कीका प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोईरालाले सुशासन अभिवृद्धि गर्न कानुनको पालना अनिवार्य भएको बताएका छन् । सुनास कास्कीले सरकारी कार्यालय प्रमुखसंग एलाक डिपी कार्यक्रमको वारेमा गरेको अन्र्तक्रियामा कोईरालाले सरकारी कार्यालयका काम चुस्तदुरुस्त राख्न निर्देशन समेत दिए । कुनैपनि हुने कामलाई नहुने वनाउने, घुस मागेको तथा कार्यालयमा काम ढिलासिुस्ती भएका तत्काल जिल्ला प्रशासनमा उजुरी गर्न पनि प्रमुख जिल्ला अधिकारी कोईरालाले आग्रह गरेका छन् ।

कुनैपनि कार्यालयमा आउने उजुरीलाई प्राथमिकताका साथ राखेर आवश्यक कारवाही गर्न पनि कार्यालय प्रमुखहरुलाई आग्रह गरे । तल्ला तहका कर्मचारीले गर्न सक्ने अनियमितावाट वचेर काम गर्न प्रमुखहरुलाई कोईरालाले निर्देशन दिए । सुनास कास्कीका अध्यक्ष पुण्य पौडेलले भ्रष्टाचार कम गर्नका लागि सुशासनका लागि नागरिक समाज कास्कीले टिआईसंग मिलेर सचेतना अभियान चलाईएको बताए ।

सुनास कास्कीका सदस्य दिपेन्द्र श्रेष्ठले नागरिक र सेवा प्रदायक कार्यालयहरुवीचको सम्वन्ध सुधारका लागि एलाक डिपी कार्यक्रम संचालन गरिएको बताए । श्रेष्ठले सुनास कास्कीले थालेको भ्रष्टाचार निवारणको अभियानलाई सहयोग गर्न सरकारी कार्यालयका प्रमुखहरुलाई आग्रह गरे । कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख लोकराज बरालले कार्यालयहरुमा भएको कमीकमजोरीका विषयमा नागरिकलाई गुनासो गर्ने परिपाटीको विकास गर्नुपर्ने बताए ।

सरकारी कार्यालयका प्रमुखहरुको अन्र्तक्रियामा टिआई नेपालसंग आवद्ध संस्था सुनास कास्कीका कार्यक्रम अधिकृत भानुभक्त पराजुलीले एलाक डिपी कार्यक्रमको वारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । अन्र्तक्रिया कार्यक्रममा कास्कीका सरकारी कार्यालयका प्रमुखहरुको सहभागीता रहेको थियो ।

कमेन्टहरु
Loading...