सार्दीखोलामा वृक्षारोपण

पोखरा १, भाद्र/रोट्रक्याट क्लव अफ अन्नपूर्ण र रोट्रक्याट क्लव अफ स्वयम्भुको संयुक्त आयोजनामा शनिवार कास्कीको सार्दीखोला गाविस वडा नं ९ मा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । साइकल सिटी पोखरा, सयपत्री युवा क्लव, सयपत्री आमा समुह, वन व्यवस्थापन उपसमिति सार्दीखोला वडा नं. ९ को सहयोगमा भएको कार्यक्रममा करिव ६ सय विरुवा रोपिएको रोट्रक्याट क्लव अफ अन्नपूर्णका अध्यक्ष रोटिरियन इभिक कर्माचार्यले जानकारी दिनुभयो ।
पर्यावरणका लागि वृक्षारोपण, वृक्षारोपणका लागि सहकार्य भन्ने मुल नाराका साथ वृक्षारोपण गरिएको हो । सो अवसरमा कटुस, अमला, बाँस लगायतका प्रजातिहरु रोपिएको जनाइएको छ ।
२०६९ साल वैशाख २३ गते अचानक आएको बाढीबाट ठूलो धनजनको क्षति भएको भन्दै क्लवले त्यस क्षेत्रमा विरुवा रोपेको हो ।

कमेन्टहरु
Loading...