संघर्षमा अल्मलिँदा उपन्यासको विमोचन

पोखरा, २९ बैशाख/भारतिय सेनामा १६ वर्ष सेवारत भई निवृत्त विष्णु गुरुङद्धारा लिखित संघर्षमा अल्मलिँदा उपन्यासको आइतवार एक समारोहका विच विमोचन गरिएको छ । भारतिय सेनामा रहँदाको भोगाई र राष्ट्रियताको भावलाई विषय वस्तु बनाई लिखित यथार्थपरक उपन्यासको अनिज कास्कीद्धारा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य, प्राज्ञ रमेश श्रेष्ठले विमोचन गरे ।

कृतिको विमोचन गर्दै श्रेष्ठले लाहुरेहरुले धेरै सभ्यताको विकाश गरेको चर्चा गर्नुहुदै विष्णु गुरुङले लेखन सँस्कृतिको शुरुवात गर्नुभएकोमा खुशी व्यक्त गरे । उनले अक्षरको शक्ति र उज्यालोपनको चर्चा गर्नुृहुदै संघर्षभित्रैबाट सिर्जनाको रुपमा संघर्षमा अल्मलिदा कृतिको जन्म भएको दावी गरे । मार्मिक कविता प्रस्तुत गर्नुहुदै विम्बकवि श्रेष्ठले श्रष्टालाई प्रोत्साहनको आवाश्यक रहेको बताए ।

अनिजका केन्द्रीय उपाध्यक्ष तिलकप्रसाद पुन पुर्जा, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बद्री विनोद प्रतिकले संघर्षमा अल्मलिदा उपन्यास पल्टनियाँको उदाहरणीय सिर्जना भएको बताए । शिक्षाविद् गणेशबहादुर गुरुङले कृत्तिकार सानै उमेरदेखि दुख र पिडासँग संघर्ष गरेको र लाहुरमा पनि दुखकै विचबाट उपन्यास सिर्जना गर्नु उदाहरणीय कार्य भएको भन्दै प्रसंसा गरे ।

पर्वत जिल्ला ठानामौला गाविस वडा नं ७ खाल्टे पुख्र्यौली घर भई हाल नवपरासी सुनौल १ निवासी उपन्यासकार विष्णु गुरुङले लाहुरे भित्रको दुख तथा संघर्ष र राष्ट्रियताको भावनाकै कारण आफुले उपन्यास तयार पारेको बताए । उपन्यासकार तथा कलाकार गुरुङले राष्ट्रिय भावको गीत समेत प्रस्तुत गरेका थिए । अनिज कास्कीका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रुद्रबहादुर श्रीसले स्वागत एवं श्रष्टा र सिर्जनाका बारेमा चर्चा गरेका थिए ।

 

कमेन्टहरु
Loading...