उच्चस्तरीय राजनीतिक संयन्त्रको नेतृत्व अब काँग्रेसले गर्ने

२ बैशाख, काठमाण्डौं । सरकारलाई सहयोग गर्न बनेको उच्च स्तरीय राजनीतिक समितिको नेतृत्व अव नेपाली काँग्रेसले गर्ने भएको छ । आलोपालो प्रणालीमा नेतृत्व गर्ने सहमति गरेका दलहरुले समितिको नेतृत्व काँग्रेस सभापति सुशील कोईरालालाई दिने भएका हुन् ।

अन्तरिम चुनावी परिषदका अध्यक्ष खिलराज रेग्मीको नेतृत्वमा रहेको सरकारलाई सहयोग गर्न बनेको समितिको नेतृत्व एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नुभएको थियो ।

पालैपालो नेतृत्व गर्ने सहमति अनुसार अवको नेतृत्व काँग्रेसले गर्न लागेको हो । यसपछि क्रमशः नेकपा एमाले र मधेशी मार्चाले उच्चस्तरीय समितिको नेतृत्व गर्नेछन् । समितिका अध्यक्ष प्रचण्ड सात दिने भ्रमणका लागि अहिले चीनमा रहनुभएकाले तत्काल समितिको बैठक बस्ने सम्भावना भने नरहेको नेताहरुले बताएका छन् ।

उच्चस्तरीय समितिले सरकारका काम कारबाहीलाई सहज बनाउन सल्लाह दिनुका साथै संबैधानिक जटिल्टा अन्य गर्ने र चुनावी वातावरण बनाउन पहल गरिरहेको छ । सरकार विरुद्ध रहेका नेकपा-माओवादीसहितका सानादललाई पनि समितिमा समेट्न भन्ने विषयमा पनि नेताहरुबीच अनौपचारिक रुपमा छलफल जारी रहेको छ । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...