पे्स चौतारी पुरस्कार हरि बास्तोलालाई

कास्की, २२ माघ/प्रेस चौतारी कास्कीले प्रत्येक बर्ष प्रदान गर्दै आएको प्रेस चौतारी पत्रकारिता पुरस्कार २०६८ पत्रकार हरि बाँस्तोलालाई सोमबार पदान गर्ने भएको छ । पोखराको बास्तोलाथरस्थित पोखरा पार्टी प्यालेसमा एक कार्यक्रमका बीच उक्त पुरस्कार बस्तोलाई प्रदान गर्न लागेको हो । नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उक्त पुरस्कार प्रदान गरी बास्तोलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

पत्रकारिताको माध्यमबाट प्रेस तथा लोकतान्त्रिक आन्दोलनका साथै प्रेस चौतारीको संस्थागत विकासमा पु¥याएको योगदानको कदरगर्दै बाँस्तोलालाई पुरस्कार प्रदान गर्न लागिएको हो । २०५१ सालदेखि पत्रकारितामा क्रियाशिल बाँस्तोला राष्ट्रिय समाचार समिति क्षेत्रीय कार्यालय पोखरामा कार्यरत हुनुहुन्छ ।

राससले २०६१ सालमा उत्कृष्ट आलेख समाचार लेखेको भन्दै बाँस्तोलालाई सम्मान गरेको थियो । उहाँले नेपाल टेलिभजिन पनि पाँच बर्ष काम गर्नु भएको थियो । कास्कीको माझठाना गाविसस्थित बाँस्तोला गाउँमा जन्मनु भएका बाँस्तोला हाल पोखरा १७ घारीपाटनमा बस्दै आउनु भएको छ ।

पुरस्कारको राशी ११ हजार १ सय ११ नगदसहित दोसल्ला र सम्मान पत्र रहेको प्रेस चौतारी कास्कीका सचिव माधव बरालले जानकारी दिनुभयो । यसअघि उक्त पुरस्कारबाट माधव शर्मा, पुण्य पौडेल, नवराज सुवेदी र रुद्रबहादुर थापा सम्मानित भइसक्नु भएको छ । प्रेस चौतारी कास्कीले यसबर्ष पुरस्कार राशीमा वृद्धि गरेको हो भने यसअघि पुरस्कार राशी ५ हजार १ रुपैयाँ थियो ।

कमेन्टहरु
Loading...