सामाजिक पत्रकारिता पुरस्कार प्रतिभा चयन समिति गठन

पोखरा, ७ माघ/स्वतन्त्र पत्रकार संघ नेपालद्वारा सञ्चालित सामाजिक पत्रकारिता पुरस्कार–२०७५ को लागि प्रतिभा चयन समिति गठन भएको छ । संघको शनिबार बुटवलमा बसेको राष्ट्रिय समितिको बैठकले अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्वमा पाँच सदस्यीय चयन समिति गठन गरेको हो ।

समितिका सदस्यमा पृथ्वीनारायण क्याम्पस समाजशास्त्र विभागका प्रमुख प्राडा विश्वकल्याण पराजुली, पत्रकार दुर्गा अधिकारी, पदेन सदस्य संघका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोला र महासचिव नवराज पहाडी रहेका छन् ।

समाजसेवाको क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रदान गरिने उक्त पुरस्कारको राशि २५ हजार रुपैयाँ र सम्मानपत्र रहेको छ । राष्ट्रियस्तरको सो पुरस्कार पहिलो पटक प्रदान गर्न लागिएको हो ।

समाजसेवी लीलाभक्त आचार्यले उक्त पुरस्कारको लागि पाँच लाख एक रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् भने कोषबाट प्राप्त व्याजबाट वर्ष पुरस्कार प्रदान गरिने जनाइएको छ ।

समाजसेवाप्रति प्रोत्साहन गर्ने तथा समाजसेवीहरुप्रति सम्मानको वातावरण सिर्जना गर्ने उद्देश्यले सो पुरस्कार सञ्चालन गरिएको संघका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले जानकारी दिए ।

कमेन्टहरु
Loading...