सफल कप सफल पार्न थप उपसमिति गठित

भाद्र २१,पोखरा / मोफसलमा सञ्चालन हुने फुुटवलका प्रतियोगिताहरुमध्ये सर्वाधिक पुरस्कार राशि रहेको सफल पोखरा कप अन्तराष्ट्रिय फुटवल प्रतियोगिताको दोश्रो संस्करण सफल पार्न थप विभिन्न उपसमितिहरु गठन गरिएको छ । आयोजक कास्की जिल्ला फुटवल संघका अध्यक्ष खेमबहादुर गुरुङ्गको अध्यक्षतामा विहिवार वसेको बैठकले उक्त उपसमितिहरु गठन गरेको हो ।

गठिन उपसमिति अन्र्तगत मैदान व्यवस्थापन समिति संयोजकमा संघका उपाध्यक्ष खेम गुरुङ्गलाई चयन गरिएको छ भने सह संयोजकमा विश्व तण्डुकार तथा सदस्यमा राजु गुरुङ्ग नरेन्द्रलाई चयन गरिएको छ । डाक्टर रविन्द्र श्रेष्ठको संयोजकत्वमा स्वास्थ्य समिति गठन गरिएको छ भने समितिको सह संयोजकमा रामकृष्ण गोर्खालीलाई राखिएको छ ।

त्यसैगरि स्वयंसेवक परिचालन समितिको संयोजकमा माया गुरुङ्ग महेन्द्र र सह संयोजकमा ओम बस्नेत रहेका छन् । सहभागि टिम सम्पर्क समिति संयोजकमा संघका उपाध्यक्ष गोपीबहादुर भट्टराई संयोजक, कुमार गुरुङ्ग सह संयोजक र अमृत गुरुङ्ग सदस्य रहेका छन् । पुरस्कार तथा मेडल व्यवस्थापन समिति संयोजकमा बसन्त थकाली तथा सह संयोजकमा कुमार गुरुङ्ग र सदस्यमा प्रमेन्द्र थापा चयन भएका छन् ।

विमल वस्याललाई सुरक्षा समितिको संयोजक तथा धरमसिंह लामिछानेलाई सह संयोजक चयन गरिएको छ । यातायात तथा होटल व्यवस्थापनतर्फ सूर्यबहादुर भुजेल संयोजक रहेका छन भने तिलक क्षेत्री सह संयोजक रहेका छन् । दिनेश श्रेष्ठको संयोजकत्वमा प्राविधिक तथा अनुशासन समिति गठन गरिएको छ । समितिको सह संयोजकमा आनन्द रञ्जित तथा सदस्यहरुमा खेम गुरुङ्ग र गोपाल थापा चयन भएका छन् । विक्रम थकाली संयोजक तथा चन्दा थापा सह संयोजक र दिपक थापा सदस्य रहेको मञ्च व्यवस्थापन समितिपनि बैठकले गठन गरेको छ । कास्की जिल्ला महिला संघका अध्यक्ष भक्ति गुरुङ्गको संयोजकत्वमा अतिथि स्वागत सत्कार समिति गठन भएको छ भने समितिको सह संयोजकमा राधा गुरुङ्गलाई राखिएको छ । अमृत गुरुङ्गलाई व्यानर व्यवस्थापन समितिको जिम्मा तोकिएको प्रचार प्रसार समिति संयोजक विनोद लामिछानेले जानकारी दिएका छन् ।

कार्तिक १४ देखि २५ गतेसम्म सन्चालन हुने प्रतियोगितामा बाह्य देशका ३ टोली, नेपालका उत्कृष्ट ८ र आयोजक एक गरी १२ टोलीको सहभागिता रहने । प्रतियोगिताको उपाधी विजेता टोलीले नगद ३ लाख ५ हजार तथा उपविजेताले नगद १ लाख ५० हजार पुरस्कार पाउने छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट स्टाईकर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई समेत पुरस्कार प्रदान गरीने छ ।

कमेन्टहरु
Loading...