सार्क परराष्ट्र मन्त्रीस्तरीय बैठक जारी, कार्यक्रम समिति बैठक सम्पन्न

पोखरा, २ चैत/दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को ३७ औं परराष्ट्र मन्त्रीस्तरीय बैठक अन्तर्गत दोस्रो दिन मंगलबार कार्यक्रम समिति बैठक आठ वटा एजेण्डा अन्तिम रुप दिदै सकिएको छ । बैठकले साउथ एशियन युनिभर्सिटी, सार्क डेभलपमेन्ट फन्ड, सार्क आर्विटेसन काउन्सिल, साउथ एशियन रिजनल स्टाण्डर्डस् अर्गनाइजेसन लगायत नयाँ विषयको रुपमा सामुदायिक वनको प्रतिवेदन उपर छलफल गरी एजेन्डालाई अन्तिम रुप दिएको छ ।

सार्क परराष्ट्र मन्त्रीस्तरीय बैठक जारी, कार्यक्रम समिति बैठक सम्पन्न
सार्क परराष्ट्र मन्त्रीस्तरीय बैठक जारी, कार्यक्रम समिति बैठक सम्पन्न

त्यसै गरि कृषि, भेटेनरी, कृषि बैक, योजनामा आधारित सहयोग, आतंकवाद र लागू औषध, सूचना र संचार, सार्क क्षेत्रीय केन्द्रको प्रशासन र आर्थिक विषय, सार्क इनर्जी सेन्टरको क्रियाकलाप, क्षेत्रीय योजना परिषद् स्थापना, सार्क क्यालेन्डर पुनरावलोकन बारे छलफल भएको छ ।

परराष्ट्र मन्त्रालयका सहसचिव सम्मिलित उक्त बैठकको निर्णय स्थायी समितिमा लैजाने एजेन्डाबारे निर्णयस्वरुप अन्तिम रुप दिइएकोे परराष्ट्र मन्त्रालय सार्क महाशाखा प्रमुख एवं कार्यक्रम समिति संयोजक सहसचिव मणिप्रसाद भट्टराईले जानकारी दिए । सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमा सहसचिव भट्टराईले दिएको जानकारी अनुसार विभिन्न ८ विषयका प्रस्तावमाथि छलफल भएको छ । उहाँले छलफल अत्यन्तै सौहार्दपूर्ण र उत्साहजनक भएको र पोखरा बैठकले सार्क सदस्य राष्ट्रलाई अझै मजबुद हुने बताए ।

बैठक अध्यक्षता परराष्ट्र मन्त्रालय सार्क महाशाखा प्रमुख भट्टराईले गरेका थिए । बैठकमा फिप्टी–सेकेन्ड अफ द प्रोग्रामिङ कमिटी अन्तर्गत ८ राष्ट्रका परराष्ट्र मन्त्रालयका सहसचिव लगायत व्यक्तिहरुको सहभागिता रहेको थियो । प्रत्येक सदस्य राष्ट्रबाट ३ देखि ५ जनासम्मको सहभागिता थियो । बैठकमा ३७ जना सहभागी थिए । बुधबार तेस्रो दिन स्थायी समिति बैठक हुनेछ । अन्तिम दिन ४ चैतमा परराष्ट्र मन्त्रीस्तरीय बैठक संचालन हुनेछ ।

परराष्ट्र मन्त्रीपरिषद्को दिनको बैठकको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । मन्त्रीस्तरीय बैठकमा सहभागी हुन नेपालका तर्फबाट उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा, अफगानिस्तानका उपविदेशमन्त्री हिक्मत खालिद काजाई मंगलबार पोखरा आएका छन् ।

कमेन्टहरु
Loading...