सरकारी उदासिनताका कारण ताल फोहोर – भुजेल

भदौ ६,पोखरा/पोखरा पर्यटन परिषद्का अध्यक्ष सूर्यबहादुर भुजेलले सरकारको गैर जिम्मेवारपनका कारण फेवातालको पानी दुषित भएको आरोप लगाएका छन् । रेवान पोखराले आयोजना गरेको मिक्सोलोजि, कक्टेल तथा मोक्टेल कार्यक्रमको विहिबार उद्घाटन गर्दै उनले तालको सरसफाइको जिम्मा लिएका सरकारी निकायको उदासिनताका कारण ताल फोहोर भएको बताए । पानीको प्रचुर श्रोतको धनी पोखरामा पानीको चरम अभाव हुँदा समेत सम्बन्धित निकाय मौन बस्नु लज्जासपद भएको उनको भनाई छ ।
reban 1पोखरा उपमहानगरपालिकाले फेवातालबाट पानी ल्याउनका लागि जोडिएका पाइपहरु तुरुन्त निकाल्न आदेश दिएपछि उनीबाट यस्तो भनाई बाहिर आएको हो । नगरपालिकाले ताल तथा तालपारिको खोलाबाट पानी ल्याउन जोडिएका मोटर तथा पाइपहरु हटाउनका लागि त्यस क्षेत्रमा माइकिङ्ग गर्दै हिंडेको छ ।
नगरपालिकाले यसरि पाइप हटाउन सूचना जारी गरेपछि तालको पानी उपभोग गर्दै आएका उपभोक्ताहरु आक्रोसित बनेका छन् । ‘धारामा पानी आउने र पानीेले पुग्ने हो भने हामीले किन तालको पानी ल्यानुपथ्र्यो र ? स्थानिय एक व्यवसायि भिमसेन भुजेलले भने– ‘तर हामीले त्यो पानी कपडा धुन, नुहाउन र भाँडा माझ्नमात्रै प्रयोग गरको छौं ।’
जापानको जाइका प्रोजेक्टले दिएको तीन इन्चको पाइप बगाएपछि त्यसलाई जोड्नतर्फ खानेपानी संस्थान र सरोकारवालाहरुले चासो नदेखाउँदा पोखरामा पानीको अभाव भएको पोखराका उपभोक्ताहरुको गुनासो रहेको छ ।

कमेन्टहरु
Loading...