सत्ता टिकाउन प्रचण्ड मोर्चाबन्दीमा लागेको महामन्त्री गुरुङ्गको आरोप

पोखरा १० भदौ / राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महामन्त्री चन्द्रवहादुर गुरुङ्गले एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले नेपाली राजनीतिमा सिन्डीकेट लाद्न मोर्चा गठन गरेको आरोप लगाएका छन् । प्रचण्डले माओवादीलाई सत्तामा टिकाइ राख्नका लागी विभिन्न साना पार्टी संग मोर्चाबन्दी गरेको आरोप थियो । रिपोर्टस क्लब पोखराले आइतवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा महामन्त्री गुरुङ्गले अहिले संविधानसभा विगठन पछि प्रचण्डले आफ्नो पार्टीलाई सत्तामा टिकाउन र सिन्डीकेट लाद्नका लागी मोर्चाबन्दी गरेको बताए ।

उनले अन्तरिम संविधान अनुसार सरकारी अध्यादेशलाई स्वीकृती दिने अधिकार राष्ट्रपतिमा भए पनि स्वविवेक अधिकारको ब्यवस्था भएकाले सरकारको अध्यादेशलाई अस्वीकार गर्ने अधिकार राष्ट्रपतिमा रहेको उनको भनाई छ । राष्ट्रपतिले बाबुराम भट्टराई नेतृत्वको सरकारलाई कामचलाउ घोषणा गरेर जनतामा भ्रम छरेको बताए । प्रधानमन्त्रीले राजिनामा नदिदै कामचलाउ सरकार भनेर घोषणा गर्नुलाई असंवैधानिक कदमको संज्ञा दिए ।

संविधानसभा असफल हुनुमा मुख्य कारक माओवादी भएकाले अबको विकल्प ताजा जनादेश नै भएको जिकिर गर्दै उनले आफुहरुले सर्वदलिय सहमतिको लागि ६ बुदे आधारहरु तय गरेको बताए । राप्रपा नेपालले नया संविधानका लागि जनताद्धारा निर्वाचित संविधानसभाबाट निर्णय गर्ने, आगामी चैत्र महिना भित्र निर्वाचनको मिती तय गर्ने, संविधानसभाको निर्बाचनको एक वर्ष भित्र संविधान जारी गर्ने लगाएतका छन् ।

कमेन्टहरु
Loading...