काठमाडौं प्रहरी प्रमुखमा रमेश खरेल

काठमाडौ, १४ माघ /पोखराबाट चर्चामा आएका रमेश खरेल काठमाडौको प्रमुखमा सरुवा भएका छन् । अञ्चल प्रहरी कार्यालय बागमतीमा रहेका एसएसपी रमेश खरेल महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखमा सरुवा भएका हुन् । प्रहरी प्रधान कार्यालयको सिफारिसमा सरकारले मंगलबार खरेललाई काठमाडौं ल्याएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

रमेश खरेल
रमेश खरेल

एसपीका रुपमा खरेलले यसअघि नै काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन्। परिसरको स्तरोन्नति गर्दै एसएसपी प्रमुख हुने बनाइएपछि खरेल तेस्रो प्रमुख हुन्। परिसर प्रमुख रहेका एसएसपी सुबोध घिमिरेलाई खरेलको ठाउँमा पठाइएको छ। कार्यशैली सन्तोषजनक नभएको भन्दै हेडक्वार्टर तानिएका ललितपुर प्रहरी प्रमुख रमेश भट्टराईको ठाउँमा पुष्प रन्जित आएका छन्।

कमेन्टहरु
Loading...