राष्ट्रपतिले संबिधानको पुजा गर्ने होईन देशलाई प्रधानमन्त्री दिनुपर्छ – पौडेल

पोखरा, २२ पौष/नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले राष्ट्रपतिले प्रधानमन्त्री चयन गर्नुपर्ने बताएका छन् । दलहरुबिच सहमति जुट्न नसकेकाले निकासको लागि राष्ट्रपति नै सक्रिय भएर प्रधानमन्त्री चयन गर्नु पर्ने बताए ।

नेपाल निजामति कर्मचारी युनियन पश्चिमाञ्चलको क्षेत्रिय भेलाको आज पोखरामा उद्घाटन गर्दै उपसभापति पौडेलले संसदिय मान्यता अनुरुप राष्ट्रपतिले निर्णय गरे कसैले बिरोध गर्ने ठाउ नरहने बताए । उनले संबिधानको संरक्षक र आशाको एकमात्र केन्द्र राष्ट्रपति भएकाले संबिधानको पुजा गरेर मात्र नबसी उचित निर्णय लिन राष्ट्रपतिलाई आग्रह गरे ।

एकिकृत नेकपा माओबादी सहमतिमा नआउदा र प्रधानमन्त्रीले कुर्सी नछोड्दा सम्म देशले निकास नपाउने उनको भनाई थियो । बैशाख वा जेठको पहिलो साता भित्र निर्बाचन नभए देश अराजकता तर्फ जाने बताउदै बेलैमा सबै दल सहचेत हुनुपर्ने बताए । निश्पक्ष निर्बाचनको लागि कांग्रेस नेतृत्वको सरकार अनिबार्य रहेको पौडेलको दाबि छ ।

कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य कमला पन्तले बाबुराम सरकार पतनको दिशामा गएको बताउदै नेपाली राजनीतिले नयाँ मोड लिने क्रममा बाबुराम सरकार पतन हुने बताए । त्यसै गरि कांग्रेस केन्द्रिय सदस्य बद्री पाण्डेले एकिकृत माओबादीले निषेधको राजनीति गरेकाले गतिरोध लम्बिएको बताए । एमाओबादी नसच्चिए समाप्त भएर जाने उनको चेतावनी थियो । भेलामा पश्चिमाञ्चल क्षेत्रका करिब एक सय जनाकोे सहभागीता रहेको छ ।

कमेन्टहरु
Loading...