थापाको अध्यक्षतामा नेपाल-रसिया उद्योग वाणिज्य संघ गण्डकी शाखा गठन

पोखरा/रसियन राजदूत डा. शेरगर्ेइ मेसिलिविजले पोखराको पर्यटन पर््रवर्द्धनमा रसियाले सहयोग पुर्‍याउने बताएका छन् । नेपाल-रसिया उद्योग वाणिज्य संघ गण्डकी शाखाको नयाँ निर्वाचित सदस्यको पदस्थापन गर्दै उनले नयाँ संविधान निर्माण गरी लोकतन्त्रलाई स्थापित गर्नेतर्फनेपाली आम समूदाय अग्रसर रहनुपर्नेमा जोड दिए ।

उनले ऐतिहासिक परिवर्तन हुन धेरै कठिनाई हुने उल्लेख गर्दै दर्ुइपक्ष बीचको सहकार्य र एकताले पोखरामा रसियन पर्यटन पर््रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । हाईड्रो क्षेत्रमा लगानी गरेर सम्बृद्ध नेपालको परिकल्पनालाई साकार रुप दिन रसियाले सहयोग गर्न बताए । यसैगरी पर्ुव विज्ञान मन्त्री गणेश शाहले प्राकृतिक सम्पदा, जलस्रोत र सुन्दर पदमार्गले पोखराको पर्यटन पर््रवर्द्धनमा महत्वपर्ूण्ा भूमिका खेल्ने बताए ।

पोखरा पर्यटनको राजधानी भएको उल्लेख गर्दै उनले स्रोत र साधनलाई उपयोग गरेर पर्यटन पर््रवर्द्धनमा टेवा पुर्‍याउने तर्फअग्रसर रहनुपर्नेमा जोड दिए । पोखरामा गठित नेपाल-रसिया उद्योग वाणिज्य संघ गण्डकी शाखाको अध्यक्षमा विन्दुकुमार थापा निर्वाचित भएका छन् । उनकै अध्यक्षतामा निर्मित शाखाको उपाधयक्षमा बंशीकुरमा श्रेष्ठ, सचिवमा मिनराज काफ्ले, कोषाध्यक्षमा प्रकाशदेव पालिखे रहेका छन् । सदस्यहरुमा देव क्षत्री, विन्दु कोइराला, बसन्त श्रेष्ठ लगायत छन् । नेपाल रसिया मैत्री संघका अध्यक्ष कुसुम केशव पराजुलीको संयोजकत्वमा निर्वाचन मण्डल समेत गठन गरिएको थियो ।

 

कमेन्टहरु
Loading...