करोडौं हिनामिना गरेका कैलाश बैंकका म्यानेजर खनाल बिदेश तिर

पोखरा ६ बैशाख / करोडौं रुपैयाँ हिनामिना गरेर कैलाश विकास बैंकको एक शाखाका प्रबन्धक फरार भएका छन् । बैंकको पोखरा लेखनाथ महानगर पालिका लामाचौरस्थित शाखा प्रबन्धक रविचन्द्र खनाल करोडौं आर्थिक हिनामिना गरी फरार भएको प्रहरीको भनाई छ । उनी पैसा केही विदेश गएको अनुसन्धानमा संलग्न प्रहरीको भनाई छ ।

लायन्स क्लबको कार्यक्रमका सिलसिलामा एकपटक अमेरिका घुमेर फर्केका उनीसँग उक्त देशको ५ वर्षको भिसा रहेकाले उतै गएको अनुमान प्रहरीको छ । प्रारम्भिक अनुमान अनुसार बैंकको लामाचौर ब्रान्चमा उनले करिब २ करोड रुपैयाँ हिनामिना गरेको देखिएको बैंकका स्रोतले जानकारी दियो । ‘चैत ३१ गते साँझ साढे ७ बजेसम्म खनाल कार्यालयमै भएको भएको, तर बैशाख १ गते अरु साथीहरुलाई बैंकको चाबी पठाएर उनी बेपत्ता भएका छन्,’ बैंक स्रोतका भनाई छ।

बैंकले बैशाख ३ गते नै केन्द्रीय कार्यालयबाट अडिट टोली पठाएर सो शाखाको लेखापरीक्षण सुरु गरिसकेको छ । टोलीले अबको केही दिनभित्रमा प्रतिबेदन बुझाउने र त्यसपछि मात्रै ठगीको यकिन बिबरण आउने छ । बैशाख १ गते सार्बजनिक बिदा र २ गने शनिवार परेका कारण बैंकले खनालको ठगी ३ गते मात्रै थाहा भएको थियो । बैंकले यस्तो जानकारी पाउने वित्तिकै सीआइबीमा उजुरी दिइएको छ ।

बैंकले अभियुक्त खनालको घरजग्गा रोक्का गरिसकेको छ । खनालले केही सहकारी संस्था र दर्जनभन्दा बढी सर्व साधारणसँग पनि मोटो रकम उठाएको भन्दै उजुरी परेको छ । जसअनुसार उनले १० करोड रुपैयाँको हाराहारीमा ठगी गरेको हुनसक्ने अनुमान गरिएको छ । सीआइबीकी प्रवक्ता मिरा चौधरीले बैंकले करोडौ ठगेर खनाल बेपत्ता भएको उजुरी दिएको र सीआइबीले खोजिरहेको जानकारी दिइन् ।

कमेन्टहरु
Loading...