रवि लामिछाने विरुद्ध किटानी जाहेरी

पोखरा, १ भदौ / पत्रकार शालिकराम पुडासैनीकी श्रीमती सम्झना घिमिरे पुडासैनीले टेलिभिजन प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र स्टाफ नर्स अस्मिता काकी विरुद्ध किटानी जाहेरी दिएकी छन् ।

पत्रकार शालिकरामको मृत्यु प्रकरणमा छानबिनका लागि रवि, युवराज र अस्मिता अहिले चिनवन प्रहरीमा छन् । उनीहरुलाई प्रहरीले बिहीबार काठमाडौंबाट पक्राउ अदालतबाट ५ दिनका लागि म्याद थप गरेको छ ।

शनिबार १३ दिनको शालिकरामको मृत्यु संस्कारको काम सकेपछि आइतबार शालिकरामकी श्रीमती सम्झनाले आफैं प्रहरीमा पुगेर किटानी जाहेरी दिएकी हुन् ।

किटानी उजुरीमा उनले श्रीमान शालिकरामलाई रवि, युवराज र अस्मिताले हत्याको बाटो रोज्न बाध्य पारेकाले उनीहरुमाथि मुलुकी अपराध संहिताको दुरुत्साहन अन्तर्गत कारवाही गर्न माग गरेकी छिन् । साउन २० गते चितवनको नारायणगढ स्थित एक होटलमा मृत अवस्थामा फेला परेका थिए ।

कमेन्टहरु
Loading...