१५ औ सडक महोत्सवको संयोजकमा बलराम पहारी

रेवान पोखराको १९ औं साधारणसभा 
नरेश भट्टराई र भिमसेन भुजेललाई सम्मान

पोखरा, २८ भाद्र/नेपाल पर्यटन वोर्डका केन्द्रिय सदस्य टिकाराम सापकोटाले पानीको संरक्षण र उचित व्यवस्थापन गरिनुपर्ने बताएका छन् । रेवान पोखराको १९ औ साधारण सभाको शुक्रबार पोखरामा भएको उद्घाटनमा सत्रमा सापकोटाले अहिले विश्वभरनै पानीको संकट बढ्दै गएको बताए । पानीको उचित व्यवस्थापनका लागि जनचेतनामुलक कार्यक्रमको आवश्यक रहेको बताए ।पोखराको पर्यटकिय क्षेत्र लेकसाइडमा पानीको यति बेला पानिको अभाव रहेको छ । कार्यक्रममा बोल्दै रेष्टुरेण्ट एण्ड बार एसोसियसन नेपाल रेवानका अध्यक्ष तेजरत्न श्रेष्ठले बन्द हड्तालका कारण पर्यटन ब्यावसाय धरापमा पर्दै गएको गुनासो गरे । उनले बन्द हड्तालले रेष्टुरेण्ट व्यावसायीहरु समेत प्रत्यक्ष मारमा पारेकोले बन्द हड्ताल बिरुद्ध सवै व्यावसायीहरु एक हुनुपर्नेमा जोड दिए । श्रेष्ठले संविधान सभाको निर्वाचन घोषणासंगै बन्द हडतालको श्रृखला सुरु भएको यसलाई अब राजनैतिक दल तथा तीनका भातृ संगठनहरुलाई बन्दको विकल्प सोच्न आग्रह गरे । पटक पटक बन्द हड्तालका घटनाले गर्दा विश्वमा नेपालको नराम्रो सन्देश प्रवाह भएकोले बन्द हड्तालले गर्दा नेपालको समग्र पर्यटन क्षेत्रमा समेत असर पुराउने दाबी गरे । उनले पर्यटन क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्नेमा माग समेत गरे । raban

पोखरा पर्यटन परिषद्का अध्यक्ष सूर्यबहादुर भुजेलले राष्ट्रले पर्यटनको विकासमा ध्यान नदिएको गुनासो गर्दै पर्यटन ब्यवसायीका समस्या समाधान गर्न संविधान सभामा ब्यवसायीको प्रतिनिधित्व हुनुपर्नैमा जोड दिए । ‘राज्यले गर्नुपर्ने काम हामीले गरेका छौं, राज्यले हामीलाई प्रोत्साहन गर्नुको साटो दुःख मात्रै दिने गरेको छ’–उनले भने ।
सो अवसरमा विभिन्न सामाजिक कार्यमा सहयोग पु¥याएको भन्दै रेवान पोखराका कार्यसमिति सदस्य समेत रहेका समाजसेवी नरेश भट्टराई र १४ औं सडक महोत्सवका संयोजक भिमसेन भुजेललाई सम्मान गरिएको थियो ।

बन्दसत्रले १५ औं सडक महोत्सवको संयोजकमा बलराम पहारीलाई चयन गरेको छ । पहारी रेवान पोखराका निवर्तमान अध्यक्ष हुन भने रेवानका केन्द्रिय सदस्य पनि हुन् । रेवान पोखराका अध्यक्ष गोपीबहादुर भट्टराईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा रेवान चितवनका अध्यक्ष सिताराम कुमाल, उपाध्यक्ष चौबहादुर गुरुङ, महासविच लक्ष्मण बराल लगायतले बोलेका थिए ।

कमेन्टहरु
Loading...