प्रोफेसनल एजुकेशनको शाखा पोखरामा

पोखरा, १ वैशाख / प्रोफेसनल एजुकेशन कन्सल्टेन्सीको पोखरा शाखा सञ्चालनमा आएको छ । शुक्रबार एक कार्यक्रमका बीच शाखाको उद्घाटन गरिएको हो । कन्सल्टेन्सीका कार्यकारी निर्देशक तथा नायरका अध्यक्ष श्रीकृष्ण श्रेष्ठ र नायरका उपाध्यक्ष नारायण पहारीले संयुक्त रुपमा शाखाको उद्घाटन गरे ।

काठमाडौंमा प्रधान कार्यालय रहेको प्रोफेसनलले उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गरी पोखरा शाखा सञ्चालनमा ल्याएको हो । ‘पोखरा क्षेत्रबाट उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जाने विद्यार्थीको संख्या बढेको छ,’ कार्यकारी निर्देशक श्रेष्ठले भने, ‘अष्ट्रेलिया जाने विद्यार्थीलाई सही परामर्श प्रदान गर्न शाखा सञ्चालनमा ल्याइएको हो ।’

अष्ट्रेलियाका १५ वटा विश्वविद्यालयसहित २९ वटा कलेजको आधिकारिक प्रतिनिधि भएर आफूहरुले काम गरिरहेको श्रेष्ठले बताए । अष्ट्रेलियाको उच्च शिक्षा गुणस्तरीय भएकाले विद्यार्थीको आकर्षण बढेको उनको भनाइ छ । आइरिनमा आबद्ध कन्सल्टेन्सी मार्फत परामर्श लिँदा बढी विश्वासिलो हुने नायरका उपाध्यक्ष नारायण पहारीले बताए । पोखरा क्षेत्रबाट अष्ट्रेलिया जाने विद्यार्थीको पहिलो रोजाईमा प्रोफेसनल पर्नेमा आफू विश्वस्त रहेको शाखाका सञ्चालक किशोर परियारले बताए । परियार बिगत १३ वर्षदेखि परामर्श क्षेत्रमा सक्रिय छन् ।

‘लामो समयदेखि म यही व्यवसायमा आबद्ध छु,’ उनले भने, ‘अहिले सम्मको अनुभवलाई प्रयोग गर्दै विद्यार्थीलाई सही परामर्श दिन म सक्रिय रहन्छु ।’ सन् १९९४ मा सञ्चालनमा आएको प्रोफेसनलको प्रधान कार्यालय काठमाडौंको नयाँ बानेश्वरमा छ । काठमाडौंकै कुमारीपाटी, चितवन, अष्ट्रेलियाको सिड्नी र मेलवर्नमा शाखा सञ्चालनमा ल्याइकेको सन्सल्टेन्सीले वीरगञ्जमा शाखा सञ्चालनको तयारी गरिरहेको छ । प्रोफेसनलमा परामर्श लिएर वर्षमा करिब ३÷४ सय जना विद्यार्थी अष्ट्रेलिया गइरहेको कार्यक्रम संयोजक राजु सिंहले जानकारी दिए ।

कमेन्टहरु
Loading...