पोखराको पर्यटन विकासगर्न बोर्ड र सञ्चारकर्मि सगैँ लाग्नुपर्ने

पोखरा, २७ भदौ /पोखराको पर्यटनलाई प्रचार गर्न सञ्चार कर्मि र पर्यटन बोर्ड सगँ÷सगँ अगाडी बढ्नु पर्नेमा जोड्दिए छन् । नेपाल पर्यटन बोर्ड पोखराको आयोजनामा पोखराका सञ्चारकर्मी सगँ भएको छलफलका बक्ताले पोखराको पर्यटन विकासका लागि सञ्चार माध्येमले सहयोगी भुमिका खेल्नु पर्ने बताए ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका मिडिया सल्लाहाकार सरद प्रधानले पर्यटन क्षेत्रको सानो पनि नेगेटिभ समाचारले विश्व पर्यटन बजारमा असर गर्ने बताउदै त्यस्ता समाचार लेख्दा ख्याल गर्नु पर्ने बताए । उनले नेगेटिभ समाचारमा पनि पोजेटिम म्यासेज समेट्नु पर्ने बताए । उनले पर्यटन बोर्डले अन्तराष्ट्रिय क्षेत्रमा पर्यटन प्रर्बद्धनको काम गर्दै आएको बताए ।

उनले पोखरामा पर्यटन क्षेत्रका विकासका लागि पर्यटन बोर्ड, पत्रकार र व्यवसायीलाई सगँ सगँ लैजाने फोरमको आवश्यकता रहेको बताए । पर्यटन बोर्डका जनसम्पर्क तथा प्रचार महाशाखाका प्रमुख सुनिल शर्मा विश्व पर्यटन बजार डिजिटल मार्केटमा गएको बताउदै नेपाल पनि प्राविधिक रुपमा परिर्वतनका लागि काम सुरु भएको बताए । उनले अनलाइन प्रविधिबाट नै विदेशी पर्यटकलाई नेपाल ल्याउन सकिने बताए ।

उनले नेपाल पनि ५÷६ वर्षमा डिजिट प्रविधिमा लैजाने लक्ष्यका साथ बोर्ड आगाडी बढेको बताए । उनले पोखरामा पछिल्लो समय चाइनीज पर्यटकहरु हनिमुन प्याकेजका लागि आउने गरेको बताए । उनले नेपालको प्रचार गर्न विविसि लगाएतका अन्तराष्ट्रिय मिडियामा प्रचार गर्ने तयारीमा बार्ड अगाडी बढेको बताए । नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख उदय भट्टराईले नेपालको मुख्य पर्यटकलाई आक्र्रषण गर्न सम्पदा र संस्कृती भएको भन्दै यसको संरक्षण गर्नु पर्ने बताए ।

उनले नेपालको पर्यटन प्रचार प्रसारमा निर्भर रहेको भन्दै प्रचार प्रसारको पहिलो माध्येम सञ्चार माध्येम भएको बताए । उनले पोखरा पर्यटनलाई स्तरीय बनाउन फन्टलाइनमा बस्नेलाई बोर्डले तालिम दिने बताए । नेपाल पर्यटन बोर्ड पोखराका अधिकृत सुर्य थपलियाले नेपालमा कम्जोर पुर्वाधार, राज्यको पर्यटन नीति अस्पष्ट, पर्यटन व्यवसायीहरु राजनैतिक भागबण्डामा लाग्दा पर्यटन क्षेत्रका जति विकास हुनुपर्ने हो त्यो नभएको बताए । पत्रकारहरुले पोखराका पर्यटन विकासका लागि बोर्डले पोखरा चरा पर्यटनको प्रर्बद्धन गर्नु पर्ने, सेतीको गर्ज हेर्ने व्यवस्था मिलाउनु पर्ने, नयाँ नयाँ पर्यटकीय ठाउँको प्रचार प्रसारमा जोड्दिन सुझाब दिएका थिए ।

कमेन्टहरु
Loading...