पोखरा एयरपोर्ट निर्माणको काम कसैको ताकतले रोक्न सक्दैन–पोखरेली

पोखरा, २५ जेठ /विज्ञ समूहले पोखरा विमानस्थल निर्माणबारे निकालेको प्रतिवेदन विकास विरोधी भएको भन्दै पोखरेलीहरु विरोधमा उत्रिएका छन् । पोखराका उद्योगी ब्यवसायी सहित पर्यटन र राजनीतिकर्मीहरुले कुनैपनि बाहनामा एयरपोर्टको निर्माण नरोक्न सरकारसँग आग्रह गरेको छ ।

पर्यटन मन्त्रालयले गठन गरेको विज्ञ समूहले पोखरामा जेट विमान अवतरण गराउन नसकिने भन्दै विमानस्थल अन्तराष्ट्रिय उडानका लागि अयोग्य भएको प्रतिवेदन पेश गरेको थियो । पोखराको हवाई चापले पोखरा विमानस्थल सजिलै आत्मनिर्भर हुन कठीन हुने र लामो समयसम्म घाटामा विमानस्थल चलाउनुपर्ने भन्दै विमानस्थल निर्माणमा पुनःविचार गर्न समूहको सुझाव थियो ।

तर पोखरेलीेले चाहीँ पोखराको हित नचाहने समूहले विमानस्थल रोक्ने कुचेष्टा गरेको आरोप लगाएका छन् । ‘काठमाण्डौंका विज्ञ कर्मचारी र पर्यटन ब्यवसायीले पोखराको हित चिताएका छैनन् । त्यसकै प्रतिविम्ब यो प्रतिवेदन हो, नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले भने–हाम्रा मन्त्रीजी पनि त्यसकै भासमा पर्नुभएको छ । पोखरेलीलाई कुनैपनि हालतमा यो मान्य छैन ।’ विमानस्थल निर्माण चरणमा पुगिसकेको भन्दै कसैले पनि रोक्न नसक्ने उनको भनाई छ । ‘पर्यटनमन्त्रीको काम विज्ञ समूह गठनमा सबै छर्लङग छ । गलत मान्छेलाई समूहमा राखेर अहित हुने काम सरकार र मन्त्रीहरुले गरेका छन्, उनले थपे–अव ओलिले पनि यो प्रोजेक्ट रोक्न सक्दैन, मन्त्री त परको कुरा । मन्त्रीहरुले केही ढिलाई चाहीँ गर्न सक्लान् ।’

नेपाली काँग्रेसका सभापति कृष्ण केसीले विमानस्थल निर्माणमा राजनीति नगर्न चेतावनी दिए । ‘हामी अहिले प्रतिपक्षमा छौं । तर कहिलै चर्को बोल्दैनौं, उनी भन्छन्–बिषयले बाध्यताबश काँग्रेसलाई चर्को बनाएको छ । विमानस्थल रोक्ने काम भए सरकारले ठूलो मूल्य चुकाउनुपर्ला ।’ विमानस्थल विरोधीलाई परास्त गर्न पोखरेली समूदाय पुनः एक पटक उठ्नुपर्ने उनको भनाई छ । दुईबर्षअघि देखि निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थलमा बखेडा झिकेर निर्माणमा अवरोध गर्न खोजिएको भन्दै उनले भाँजो नहाल्न चेतावनी दिएका छन् ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखले पोखराको विरुद्ध जत्था खडा गरिएको आरोप लगाए । ‘सँधै पोखराको विपक्षमा आवाज उठाउनेलाई कथित विज्ञ समूहमा राखेर एयरपोर्ट निर्माणलाई कमजोर बनाउन खोजिएको छ । सोही विज्ञ समूहले निकालेको प्रतिवेदन पनि सही होईन भन्दै सरकारले झुक्याउन खोजेको छ, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले भने–प्रतिवेदन नियतबश आएको छ । साना बडीको जहाज पनि ल्याण्ड गर्न मिल्दैन भन्नु नै विमानस्थल निर्माण नगर भन्नु हो । यो पोखरेलीलाई मान्य छैन ।’ एयरपोर्टको बिषयमा बाहिरिएको रिपोर्टप्रति पर्यटन मन्त्रालय र पर्यटन मन्त्री रवीन्द्र अधिकारीले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने उनको भनाई छ ।

पोखरा विमानस्थल पश्चिमाञ्चलको विकासको इञ्जिन
पोखरा विमानस्थल पश्चिमाञ्चलको विकासको इञ्जिन

नेकपाका केन्द्रिय सदस्य राजकाजी गुरुङले पोखराप्रति काठमाण्डौंको हेपाहा प्रबृत्ति जीवितै रहेको बताए । ‘कति साना र कमजोर भूमिमा पनि ठूला विमान ल्याण्ड हुने विमानस्थल बनेका छन्, उनले भने–पोखरामा कुनै समस्या छैन । सबै पोखराको विकास विरोधी आवाज हो ।’ कुनैपनि हालतमा विमानस्थल निर्माण रोकिन नहुने भन्दै उनले अवरोध पन्छाएर निर्माण कार्य पूरा गर्न आग्रह गरे ।‘एयरपोर्ट कसरी सम्पन्न गर्ने भनेर छलफल गर्ने हो । निर्माण सम्भव छैन भनेर बखेडा निकाल्ने हैन, काँग्रेस नेता प्रकाश खनाल भन्छन्–बिभागिय मन्त्री नै पोखराको हुँदा छिटो निर्माण हुनुपर्नेमा विज्ञ समूह भन्दै अवरोध झिक्नु गलत मनसाय हो ।

यसको पोखरेलीले विरोध गर्नुपर्छ ।’ सरकारले नै राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि सारेर काम गरेको अवस्थामा सरकारकै विज्ञ समूहले विकास विरोधी प्रतिवेदन सार्वजनिक गर्नु दुर्भाग्यपूर्ण भएको उनको भनाई छ । उनले विमानस्थलमा प्राविधिक र आर्थिक कुनैपनि दृष्टीकोणले योग्य अयोग्य छुट्याउने समय नरहेको भन्दै निर्माण सम्पन्न गर्नुको विकल्प नभएको बताए ।

पोखराका अन्य सरोकारवालाले पनि कुनै ताकतले विमानस्थल रोक्न नसक्ने चेतावनी दिएका छन् । ‘मन्त्री रिसाए केही समय ढिलो हुन सक्ला । तर विमानस्थल नै रोकिने भन्ने हुँदैन, उनीहरुले भने– रवीन्द्र अधिकारीलाई बचाउनका लागि एयरपोर्ट तिलान्जली दिन सक्दैनौं । कसैको तागतले पनि छेक्न सक्दैन । त्यसको सामना पोखरेलीले गर्न सक्छन् ।’

om development bank
om development bank
कमेन्टहरु
Loading...