विमानस्थलको लागि पोखरेली आन्दोलनको तयारीमा

गोकुल वानिया
पोखरा २३ माघ/पोखरामा क्षेत्रिय अन्तराष्ट्रिय बिमानस्थल निर्माणको लागि भएको ढिलाईका बिरुद्ध पुनः दवाबमुलक कार्यक्रम सञ्चालन गर्न पोखरेली एकजुट भएका छन् । बिमानस्थल निर्माणको काम छिटो सुरु गराउन केन्द्रसम्मै दवाब दिने निश्कर्षमा उनिहरु पुगेका छन् । संबाद नेपालले आज पोखरामा आयोजना गरेको पोखरामा अन्तराष्ट्रिय बिमानस्थल संभाबना र चुनौति बिषयक छलफलमा राजनितिक दल, उद्योगी , ब्यबशायी र नागरिक समाजका सबैले बिमानस्थल निर्माण कार्य सुरु गराउन दवाब मुलक आन्दोलनमा उत्रने बताएका हुन् ।

विमानस्थल निर्माणको लागि जग्गा अधिग्रहण गरेको झण्डै ३९ बर्ष पछि सुरु हुन लागेको प्रक्रिया पनि अबरुद्ध पार्ने खेल भैरहेको भन्दै पोखरेलीले संयुक्त र शसक्त दवाबमा उत्रने निर्णय गरेका हुन् । गत बर्षको असोज देखि झण्डै ३ महिना रिले अनसन बसेका पोखरेलीले निर्माण प्रक्रिया पछि धकेल्दै गए आमरण अनसनमा बस्ने चेतावनी दिएका छन् ।

पोखरा विमान स्थल सम्बन्धी छलफल कार्यक्रम
पोखरा विमान स्थल सम्बन्धी छलफल कार्यक्रम

कास्कीका प्रमुख चार राजनितिक दलका नेताहरुले पनि बिमानस्थल निर्माणको लागि पार्टी र सरकारलाई दवाब दिने प्रतिबद्धता जनाएका छन् । कांग्रेस कास्कीका नेता सोभियतबहादुर अधिकारी, एमाले कास्कीका अध्यक्ष मान बहादुर जिसी, एमाओबादीका केन्द्रिय सदस्य झलकपाणी तिवारी र नेकपा माओबादीका नेता लोक बहादुर थापाले बिमानस्थल निर्माणको लागि केन्द्रमा दवाब दिने र पोखरेलीले गर्ने जस्तोसुकै दवाब कार्यक्रमलाई शसक्त बनाउने प्रतिबद्धता जनाएका छन् । चुनाबी सरकार बिदा भएपछि बन्ने दलिय सरकारलाई बिमानस्थल निर्माणको काम अघि बढाउन दवाब दिने र नभए आन्दोलनमा उत्रने उनिहरुले बताएका छन् ।

नेपाल उद्योग बाणिज्य महासंघका पूर्ब अध्यक्ष आनन्दराज मुल्मीले पर्यटकिय पूर्बाधार निर्माणको लागि पोखरामा अन्तराष्ट्रिय बिमानस्थल अपरिहार्य भएको बताए । काठमाण्डौको एक मात्र अन्तराष्ट्रिय बिमानस्थल पनि खुम्चिएको अबस्थामा पोखरामा बिमानस्थल निर्माणमा ढिलाई गर्न नहुने उनले बताएका छन् ।

पोखरा विमान स्थल सम्बन्धी छलफल कार्यक्रम
पोखरा विमान स्थल सम्बन्धी छलफल कार्यक्रम

नेपाल पर्यटन बोर्डका सदस्य टिकाराम सापकोटाले भएका प्रक्रियागत त्रुटीलाई सच्याएर अघि बढ्न सरकारलाई दवाब दिनुपर्ने बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष सुर्य बहादुर भूजेलले यसअघिको आन्दोलनलाई पुनः ब्युताएर निर्माणकार्यको लागि बाध्य पार्नुपर्ने आबश्यकता औल्याएका छन् । पश्चिमाञ्चल होटल संघका अध्यक्ष हरि शर्मा गैह्रेले केन्द्रिय स्तरमा रहेका कतिपयले पोखरालाई पछि पार्ने षड्न्त्र गरिरहेको आशंका ब्यक्त गरे ।

चिनको एक्जिम बैंकको सहयोगमा पोखराको छिनेडाँडामा अन्तराष्ट्रिय स्तरको क्षेत्रीय विमानस्थल निमार्णको लागि ठेक्का प्रक्रिया अबरुद्ध भएपछि आक्रोसित बनेका पोखरेलीले पोखरामा नागरिक दवाब आन्दोलन, रिले अनसन सहित सिंहदरवार घेराउ लगायतका आन्दोलन गरिसकेका छन् । बिमानस्थल निर्माणको लागि २०३१ सालमा ३ हजार १ सय ६ रोपनी जग्गा थियो ।

कमेन्टहरु
Loading...