विमानस्थल बन्नु पर्ने माग राख्दै ट्याक्सी चालकले हर्न बजाएर तथा रेडियो एफएफले ५ मिनेट प्रसारण बन्द

पोखरा, ४ भदौ/पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने एक सुत्रिय माग सहित आन्दोलित भएका पोखरेलीहरुले सोमबार ट्याक्सीको हर्न बजाय रे एफएफ रेडियाहरुले आफ्नो प्रसारणलाई ५ मिनेट बन्द गरी विरोध जनाएका छन् ।

पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा षड्यन्त्र र ढिलासुस्तीको बिरुद्धमा आन्दोलनमा उत्रेका पोखरेलीहरुले सोमबार पोखरा विमान स्थल गेट अगाडि बिहान १० बजे हर्न बजायर बिरोध गरे । त्यसै गरी पोखराका एफएफ रेडियोहरुले १० बजेदेखि १०ः०५ बजेसम्म पाँच मिनेट आफ्नो प्रसारण बन्द गरी आन्दोलनमा एकिवद्धता जनाएका छन् ।

पोखराको नागढुंगाबाट पोखरा एर्यरपोर्ट हुदै मुस्ताङचोकसम्म ट्याक्सीहरु खचाखचरुपमा भरीभराउ भएका थिए । ट्याक्सी चालकहरुले पोखरामा विमानस्थल बन्नु पर्ने माग राख्दै हर्न बजाएका हुन । विमानस्थल निर्माण सरोकार समितिले आव्हान गरेको कार्यक्रममा विभिन्न संघ सस्थाले सहयोग गरेका छन् ।

सरोकार समितिको आयोजनामा आइतबार पोखरामा बृहत जनप्रशर्दन भएको थियो । यातायात बाहेक अन्य क्षेत्रका बिभिन्न संघसंस्थाका व्यतिmहरुले बन्दको कार्यक्रमलाई समर्थन गरी आन्दोलनमा सरिक भएका थिए । भदौ ५ अर्थात मंगलबार पश्चिमाञ्चल होटल संघको समन्वयमा पोखराको एक टोली राजधानी जाने भएको छ ।

सरकारलाई दवाव दिने उद्देश्यले सिहंदरवारमा धर्ना दिन राजधानी जान लागेका हुन् । भदौ ६ गतेदेखि रिले अनसन बस्ने छ भने समितिले भदौ ७ गते पोखरा बिमानस्थलको सम्पुर्ण हवाई उडान बन्द गर्ने भएको छ । बिमानस्थल निर्माण सरोकार समितिले बिमानस्थल निर्माण कार्य अघि नबढे भदौ १५ गतेदेखि चालु बिमानस्थल अनिश्चतकालको लागि ठप्प पार्ने चेतावनी दिएको छ ।

कमेन्टहरु
Loading...