पोखरा वडा नम्बर १३ लाई फोहरमुक्त वडा वनाउने अभियान सुरु

सरसफाईको आनीवानी परिवर्तन गर्न वडावासिलाई आग्रह

पोखरा, १७ साउन /पोखरा महानगरपालिका १३ नं वडा कार्यालयले फोहर मुक्त वडा वनाउन अभियानको थालनी गरेको छ । वडा कार्यालयले फोहर मुक्त वडा वनाउन वडावासिलाई स्वास्थ्य तथा सरसफाईको आनीबानीमा परिवर्तन गर्न आग्रह गरेको छ ।

अभियानको पहिलो चरणमा शुक्रवार देखी रक्षा मार्ग र मिलन मार्ग टोलका ५४ घर परिवारमा यो अभियान को परिक्षण अभियान संचालन गरेको छ । यसवाट वालकल्याण माध्यमिक विद्यालय का विद्यार्थी र त्यहा वसोवास गर्ने ५४ घरधुरीका ३०१ जना गरी एक हजार ५० जना लाभान्वीत हुने छन् ।

भदौ मसान्त सम्ममा यी दुई टोललाई पुर्णफोहर मुक्तः वडा वनाउने र आगामी दुई वर्ष भित्रमा वडा भित्रका ४७ वटै टोललाई समेटेर फोहर मुक्त वडा वनाउने लक्ष वडाकार्यालयले राखेको छ ।

राम्रो पोखरा वनाउन र जनता जगाउन यो अभियानको थालनी गरिएको वडाध्यक्ष दर्शन लामाले वताए । पोखरा महानगरमा दैनीक १ सय ८० टन भन्दा वढी फोहर निस्कने गर्दछ । फोहरको विकराल समस्यावाट मुक्त गर्न र फोहर मैला कच्चा पदार्थ हो भन्ने सन्देस दिन पनी यो अभियान फलदायी हुने उनले वताए ।

८० प्रतिशत रोग सावुनपानीले राम्ररी हात नधोएका कारण लाग्ने गरेको वातावरण विद्ध छवी गौडेलले वताए । अभियानका लागी वडा कार्यालयले महानगरको सहयोगमा ६ लाख ५० हजार रुपया छुट्याएको छ । घरमै फोहरमैलाको वर्गीकरण गर्न वडावासिलाई चार प्रकारका डष्टवीन वितरण गरिएको छ । कुहीने, नकुहीने र ल्याण्डफील साईडमा प्रयोग गर्ने फोहरको घरमै वर्गीकरण हुने छ । ५ जनाको परिवार भएको घरवाट प्रतिदिन दुई केजी कुहीने फोहर निस्कन्छ । जसवाट कंपोष्ट मल वनाउन सकिन्छ ।

एक परिवारले सरदर वर्षमा ८ सय देखी १६ सय रुपयासम्मको युरिया मल किन्ने गर्दछ । घरमै निस्कने फोहरवाट कंपोष्ट मल वनाए यो पैसा वचत गर्न सकिन्छ भनेअर्को तर्फ फोहरको व्यवस्थापन पनि सहजै गर्न सकिन्छ । अभयिानलाई सहयोग पु¥याउन वडा सदस्य कृष्ण कुमारी गुरुङलाई संयाजक वनाएको छ भने टोल टोलमा सरसफाई अभियान्ता परिचालन गरिएको छ । घर घरमा पुगेर फोहरको वर्गीकरण र व्यवस्थापनका लागी सघाउन नविना क्षेत्री कर्मचारीको रुपमा खटीएकी छन् ।

फोहर व्यवसथापनकै लागी वडाकार्यालयले वेष्ट म्यानेजमेन्ट रिसाईकल प्राली सँग संmौता समेत गरेको छ । प्लाष्टिक, कागज, फलाम जस्ता सवै प्रकारका नकुहीने फोहर पुनप्रयोगका लागी प्रालीले प्रति किलो रु १० देखी ४५ रुपयासम्ममा किन्ने भएपछि स्थानीयपनी फोहरवाट मोहर वन्ने भएपछि अभियानप्रति सकारात्मक देखिएका छन ।

कमेन्टहरु
Loading...